तनहुँ । तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव अन्तर्गत भएको लोक दोहोरी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँ प्रथम भएको छ । प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङ्ग द्वितीय र सेतीमादी लोक दोहोरी साँझ तृतीय भएको लोक तथा दोहोरी गीत उपसमिति संयोजक अकल विरही गुरुङ्गले जानकारी दिए । प्रतियोगितामा विजयी टिमलाई नगद र प्रमाणपत्र प्रदान गरिएको गुरुङ्गले बताए ।
महोत्सवमा इजि तयारी चाउचाउद्वारा प्रायोजन गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँले संचालन गरेको इजि चाउचाउ दोहोरी प्रतियोगितामा ८ वटा समुहहरु समावेश भएका थिए । फाईनलमा प्रतिष्ठान तनहुँ प्रथम, प्रतिष्ठान लम्जुङ द्वितीय, सेतिमादी दोहोरी साँझ तृतीय र उत्कृष्ट दोहोरी प्रस्तोता रिता तिवारी ज्यु लाई नगद क्रमशः २० हजार, १० हजार, ५ हजार र १ हजारले पुरस्कृत गरिएको थियो ।
सोमबार एघारौँ दिनमा गायक प्रजापति पराजुली, कला लम्साल, गुल्मी गाइजका हरि कर्माचार्य, निश्चल थापा, हास्य नृत्यकार प्रताप हुमागाई लगायतका कलाकारहरुले आआफ्नो प्रस्तुति पस्केका थिए । महोत्सवमा हजारौँ दर्शकको भिड लाग्नुका साथै लाखौँको आर्थिक कारोबार भएको आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँका सचिव एवं महोत्सवका प्रवक्ता नन्दु थापा मगरले जानकारी दिए ।
“अमूल्य भाषा, संस्कृतिको संरक्षण गरौँ ! भाषा, संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौँ” भन्ने नाराका साथ आयोजित महोत्सवको अन्तिम दिन मंगलबार गायिका ज्योति मगर, राजु ढकाल लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने कलाकार व्यवस्थापन उपसमितिका संयोजक रग बहादुर गुरुङ्गले बताए ।
गण्डकी प्रदेशकी सांसद सरिता गुरुङ्गद्वारा महोत्सवको समापन गरिने नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँकी अध्यक्ष एवं महोत्सव मुल समारोहकी संयोजक बसुन्धरा घर्तीले बताइन् । आदिवासी जनजातिको जीवन्त संग्राहलय निर्माण गर्ने उद्देश्यले आयोजित महोत्सवमार्फत् जिल्लाको धार्मिक, जैविक एवं सांस्कृतिक विविधताको संरक्षण गरी पर्यटन एवं सांस्कृतिक क्षेत्रको प्रवद्र्धन गर्दै जिल्लाभित्र आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्दै प्रचारप्रसारमा टेवा पुगेको घर्तीले बताइन् ।
महोत्सवमा सांस्कृतिक प्रर्दशनी, सांस्कृतिक नमूना ग्राम भ्रमण, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, जलबिहार गर्ने व्यवस्था गरिएको बताइएको छ । महोत्सवमा विभिन्न आदिवासी जनजातिका खाना, जानकारीका लागि पुस्तक प्रदर्शनी, कृषि उत्पादनका विक्री तथा प्रर्दशनका स्टल, विभिन्न व्यापारीक सामग्रीका प्रदर्शनी एवं विक्री कक्ष, कम्युटर, सञ्चार एवं शैक्षिक प्रदर्शनी तथा विक्री कक्ष रहेको छ । महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र ५ करोडको आर्थिक कारोबार गर्ने आयोजकको लक्ष्य छ ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते