कास्की जिल्ला खेलकुद अध्यक्ष याम गुरुङ ठूलाे दुर्घटनामा परे, अवस्था खतरामुक्त

कास्की जिल्ला खेलकुद अध्यक्ष याम गुरुङ ठूलाे दुर्घटनामा परे, अवस्था खतरामुक्त

FB_IMG_1543152982951

पोखरा, ९ मंसिर । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम बहादुर गुरूङ ठूलाे दुर्घटनाबाट जाेगिएका छन् । नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका गुरुङ आइतबार पाल्पामा दुर्घटनामा परेका हुन् ।

अध्यक्ष गुरुङ आइतबार बिहान ६ बजे दुई भाइसहित पोखराबाट आफन्तलाई भेटन तानसेन हिंडेका थिए । तान्सेन जाने क्रममा उनी स्थानीय डुम्रे भन्ने स्थानमा आफूले चलाएको बा १८ च १०९४ नं को कारमा दुर्घटना परेका हुन् । उक्त स्थानमा विपरित दिशाबाट आएको मोटरसाइकललाई जोगाउन खोज्दा कार रुखमा ठोक्किएर दुर्घटनामा परेको अध्यक्ष गुरुङले बताए ।

अहिले थप उपचारका लागि बुटबल स्थित लुम्बिनी अस्पतालमा रहेका अध्यक्ष गुरुङले चिकित्सकले आफूलाई खतरा मुक्त रहेको जानकारी दिएका छन् । ‘मलाई छातीमा चोट लागेको भए पनि खतरामुक्त रहेको छु’ चिकित्सकको भनाइलाई उद्धृत गर्दै अध्यक्ष गुरुङले भनेका छन् ।

उनीसंगै रहेका दुई जना भाईहरु दिपक र दुर्गा गुरुङको पनि उपचार भइरहेको अध्यक्ष गुरुङले बताए ।

-पाेखरा स्पाेर्टस् बाट ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ