अन्तराष्ट्रिय बाल दिवसको अवसरमा जनसेवा प्राविमा खेलकुद सामाग्री वितरण

अन्तराष्ट्रिय बाल दिवसको अवसरमा जनसेवा प्राविमा खेलकुद सामाग्री वितरण

Bal1

तनहुँ । तनहुँको दमौलीमा २६ औं अन्तराष्ट्रिय बाल दिवसको अवसरमा खेलकुद सामाग्री वितरण गरिएको छ । व्यास नगरपालिका वडा नम्बर २ अमरापुरी स्थित श्री जनसेवा प्राथमिक विद्यालयमा उक्त खेलकुद सामाग्री वितरण गरिएको हो । विद्यालयमा ६५ जना विद्यार्थी रहेका छन ।

दमौली बजार नजिक रहेको न्युन वर्गका बालबालिका यस विद्यालयमा पढ्छ्न । सो अवसरमा क्लबले विद्यालय लाई ब्याटमिन्टन २ थान, भलिबल १ थान, फुटबल १ थान, फुटबल पम्प १ थान, डोरी ५ थान र लुडो ३ थान प्रदान गरिएको क्लबले जनाएको छ ।
इनरह्विल क्लब अफ दमौलीकी अध्यक्ष अरुणा श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हस्त बहादुर क्षत्री रहेका थिए । “चिल्ड्रेन फर दि बेटर वर्ल्ड” भन्ने मुल नारा साथ उक्त कार्यक्रम गरिएको थियो ।

कार्यक्रमको स्वागत तथा कार्यक्रमको विषयमा रोटरी क्लब अफ दमौलीका गिरिजा सुबेदीले बताएका थिए । कार्यक्रममा विद्यालयकी प्रअ शारदा अधिकारी, रोटरी क्लबका विनोद गौतम, रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष विपिन श्रेष्ठ लगाएको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको संयोजक रोट्रयाक्ट क्लब अफ दमौलीकी सुभद्रा मल्ल ठकुरी र सह-संयोजक क्लबका सदस्य सुजन गिरि रहेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ