प्रचण्डकी बुहारी सिर्जनाले भनिन्- ‘अाजसम्म केही नबाेलेकाेले ममाथि अन्याय गरिएकाे हाे ? अब बाेल्छु’

प्रचण्डकी बुहारी सिर्जनाले भनिन्- ‘अाजसम्म केही नबाेलेकाेले ममाथि अन्याय गरिएकाे हाे ? अब बाेल्छु’

sirjana-tripathi-1024×576

प्रकाश दाहाल पत्नी सृजना त्रिपाठीले प्रकाशको ‘स्मृति पुस्तक’मा आफ्नो नाम नराखिएको प्रति आपत्ति जनाएकी छन् ।

प्रकाशको प्रथम स्मृति दिवसको अवसर पारेर खुमलटारस्थित उनकै निवासमा लोकार्पण गरिएको ‘स्मृति पुस्तक’मा आफ्नो नाम नभेट्दा आलो घाउमा नुन छर्केको आभाष भएको सृजनाले बताइन् ।

पुस्तकको अन्तिम पृष्ठमा प्रकाश दाहाल बारे संक्षिप्त परिचयमा आफूमाथि सौता आएकी बीना मगरको नाम पत्नीको नाममा उल्लेख गरेर आफ्नो नाम नभेटेपछि आफू निकै दुःखी भएको उनले बताइन् ।

सृजनाले भनिन्, ‘मैले जन्माएको छोरा हुने, मचाहिँ नहुने । कस्तो अचम्म ।’ प्रकाशको संक्षिप्त परिचयमा सृजनातर्फका छोरा प्रसिद्धको नाम भने उल्लेख छ । ‘छोरालाई स्वीकार गर्नेले मलाई अस्विकार गर्नुको कारण भने बुझ्न सकिन ।’

‘जीवन साथी गुमाउदाको पीडा त कसरी सेलाउनु ? तर त्यही पीडामा नुनचुक छर्किनेहरु देखेर मन कुडिएको छ ।’ सृजनाले थपिन्, ‘सायद अहिलेसम्म ममाथि भएका अन्याय र प्रहारहरु विरुद्ध आवाज नउठाउँदा आज यतिसम्म देख्नुपरेको हो । अब म बोल्छु, चुप बस्दिन ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ