देउसी भैलो खेलेर संकलित रकमबाट बाग बजार युवा क्लबद्वारा न्यानो कपडा वितरण

देउसी भैलो खेलेर संकलित रकमबाट बाग बजार युवा क्लबद्वारा न्यानो कपडा वितरण

bag bazar nyano

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं १ मा रहेको बुद्ध दाहाल बहिरा प्राथामिक विद्यालयका विद्यार्थी लाई न्यानो कपडा वितरण गरिएको छ । देउसी भैलो खेलेर संकलित रकमबाट बाग बजार युवा क्लबले शुक्रबार उक्त न्यानो कपडा वितरण गरेको हो ।
विद्यालयका ३५ जना विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमका बिच न्यानो कपडा वितरण गरेको हो । विशेष गरि भिन्न क्षमाता भएका बालबालिकाहरु अध्ययनरत विद्यालय छनौट गरेर न्यानो लुगा(स्विटर) र टोपी वितरण गरिएको क्लबका अध्यक्ष महमद गफर(सुदिप)ले जानकारी दिए ।
सानो सहयोगले भिन्न क्षमता भएका भाइ बहिनिको ओठमा आएको मुस्कानले साच्चिकै आनन्द तुल्याएको उनले बताए । आगामी दिनमा खाद्यान्न सामाग्री समेत सहयोग गर्ने उनले बताए । तिहारको अवसरमा देउसी भैलो खेलेर संकलन गरिएको २० हजार रुपैयाँ बराबरको सहयोग शुक्रबार गरिएको बताए गफरले जानकारी दिए ।
जाडोमा स्वीटर र टोपी विद्यार्थीलाई सहयोग गरिएको हो । विद्यालयका अध्यक्ष मणिजंग बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने रहेका थिए ।
सो अवसरमा प्रमुख अतिथि न्यौपानेले नगरपालिकाले भौतिक र आर्थिक सहयोग गर्ने उनले बताए । मानविय ढंगले अपाङ्गहरु समाजमा सामाजिकिकरण भएर गए सरह सबै लाई पुर्याउनु पर्ने उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ