तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव आज देखि, सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्ने

तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव आज देखि, सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्ने

Janjati Mahotsav 2075

तनहुँ । तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव आज शुक्रबार देखि तनहुँको दमौलीमा सुरु हुदैछ । महोत्सवको सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदकी अध्यक्ष एवं महोत्सव मूल समारोहकी संयोजक बसुन्धरा घर्तीले जानकारी दिइन् ।

महोत्सवमा विभिन्न जातीय घरहरु निर्माण गरिएको संयोजक घर्तीले बताइन् । महोत्सवमा मगर, गुरुङ, दरै, बोटे, कुमाल, भुजेल लगायतका जातीय घरहरु निर्माण गरिएको संयोजक घर्तीले बताइन् । यसपालिको महोत्सव स्थलभित्रै आदिवासीको गाउँ बनाइएको समेत उनले बताइन ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजना तथा विभिन्न जातीय संगठनहरुको सहआयोजनामा हुने महोत्सवको “अमूल्य भाषा, संस्कृतिको संरक्षण गरौँ ! भाषा, संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौँ” भन्ने नारा रहेको छ ।

महोत्सवका लागि विभिन्न स्टलमा राखिने सामग्रीहरु समेत ल्याएर मिलाउन काम भइरहेको परिषदका सचिव एवं महोत्सवका प्रवक्ता नन्दु थापा मगरले बताए ।

महोत्सवबाट हुने मुनाफाले आदिवासी जनजातिको जीवन्त संग्राहलय बनाउने मुख्य उद्देश्य आयोजकले लिएको छ । महोत्सव मार्फत जिल्लाको धार्मिक, जैविक एवं सांस्कृतिक विविधताको संरक्षण गरी पर्यटन एवं सांस्कृतिक क्षेत्रको प्रवद्र्धन गर्दै जिल्लाभित्र आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने बताइएको छ ।

महोत्सवमा सांस्कृतिक प्रर्दशनी, सांस्कृतिक नमूना ग्राम भ्रमण, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, जलबिहार गर्ने व्यवस्था गरिएको बताइएको छ ।

महोत्सवमा विभिन्न आदिवासी जनजातिका खाना, जानकारीका लागि पुस्तक प्रदर्शनी, कृषि उत्पादनका विक्री तथा प्रर्दशनका स्टल, विभिन्न व्यापारीक सामग्रीका प्रदर्शनी एवं विक्री कक्ष, कम्युटर, सञ्चार एवं शैक्षिक प्रदर्शनी तथा विक्री कक्ष लगायतका गरी २१० स्टल रहनेछ ।

महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र ५ करोडको आर्थिक कारोबार गर्ने आयोजकको लक्ष्य छ । महोत्सवमा गायक पशुपति शर्मा, बद्री पंगेनी, बिमाकुमारी दुरा, मेलिना राई, प्रिती आले, रामजी खाँड लगायतका चर्चित कलाकारहरुको प्रस्तुति रहनेछ ।

महोत्सवमा आजको आकर्षण

तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव आज शुक्रबार देखि तनहुँको दमौलीमा सुरु हुदैछ । महोत्सवमा आज तनहुँकै चर्चित गायक सुनिल गिरिको प्रस्तुति रहने महोत्सवका प्रवक्ता नन्दु थापा मगरले बताए ।त्यस्तै शनिबार महोत्सवमा चर्चित बाल गायक अशोक दर्जी, गायक टंक बुढाथोकी, ए आर बुढाथोकी, गायक पदम थापा, गायक दिवान किनार, गायिका काजल गुरुङ, हास्य कलाकार सुमन कार्की लगाएतको प्रस्तुति रहने महोत्सवका प्रवक्ता नन्दु थापा मगरले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ