काठमाडौ । सन्दिप दिल्ली डेयरडेभिल्सले आगामी सिजनको लागि नेपालका युवा लेग स्पिनर सन्दिप लामिछानेलाई आफूसंगै राखेको छ । दिल्लीले आज सार्वजनिक गरेको रिटेन गरिएका खेलाडीहरुको सुचिमा सन्दिप पनि परेका हुन् । योसंगै सन्दिप यसपटकको अक्सनमा हुने छैनन ।
उनलाई दिल्ली पछिल्लो संस्करणका लागि २० लाख भारतीय रुपैयामा खरिद गरेको थियो । यद्दपि उनले यो सिजन कति रकम पाउने भन्ने बिषयमा भने खुलाईएको छैन । सन्दिप र दिल्लीको टिम ब्यवस्थापनबीचको आपसी सहमतिमै उनको अनुबन्धन रकम हेरफेर हुनेछ ।
गत बर्ष नै इण्डियन प्रिमियर लिगमा डेब्यु गरेका सन्दिपले दिल्लीका लागि अन्तिम तीन खेल खेल्दै लोभ लाग्दो प्रदर्शन गरेका थिए । यस क्रममा उनले ५ विकेट पनि लिएका थिए ।
दिल्लीले आफ्नो कप्तान गौतम गम्भिरलाई भने फुकुवा गरेको छ । उनको स्थानमा श्रेयस ऐयरले टिमको कप्तानी सम्हालेका थिए ।
रिटेन गरिएका अन्य खेलाडीहरुको सुचिमा ऐयरसंगै, पृथ्वी स, रिसब पन्त, मन्जोत काल्रा, कोलिन मुन्रो, क्रिस मोरिस, जयन्त यादव, राहुल टेवाटीया, हर्षल पटेल, अमित मिश्रा, कागिसो रबाडा, टे«न्ट बाउल्ट र आभेष खान रहेका छन् । आगामी सिजनका लागि खेलाडीहरुको अक्सन डिसेम्बर १७ र १८ मा हुनेछ ।
सम्बन्धित खबर
पोखरामा हुने प्रथम पर्वतीय दौडमा सहभागी हुने खेलाडीहरुले अनलाइनबाटै दर्ता गर्न सक्ने
पोखरा थण्डर्सलाई फुटसलको उपाधि
एमसीएल सिजन–३ का लागि खेलाडीहरुको मोलमोलाई : ५ सय देखि १० हजार सम्मको बोली
रोनाल्डो बने सामाजिक सञ्जालमा एक अर्ब फलोअर्स पाउने पहिलो व्यक्ति
पोखरा क्लिक डटकमले पुम्दीभुम्दीमा ‘प्रथम पर्वतीय दौड’ गर्दै
इन्टर रिकभरिङ फुटसलः पोखरा फेलोसिप च्याम्पियन
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग