तनहुँ । तनहुँको भिमादबाट चितवन तर्फ जाँदै गरको ग १ ख ५८४७ नम्बरकाे बस अनियन्त्रित भई दुर्घटना हुँदा ३७ यात्रु घाइते भएका छन् ।
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नं १२ घाँसीकुवा स्थित बस अनियन्त्रित भएर दुर्घटना हुँदा राजमार्गबाट ३० मिटर तल खोचमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरी र स्थानीय मिलेर घाइतेहरुको उद्धार गरेका थिए । घाइतेहरुको तनहुँ स्थित दमौली अस्पताल, रत्नहरी अस्पताल र व्याससिटी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ९ जना दमौली अस्पताल, ६ जना व्यास अस्पताल र १७ जनाको रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पाँच गम्भीर घाइतेलार्इ उपचारका लागि पोखरा स्थित मणिपाल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । बस चालक भने फरार छन् ।
सम्बन्धित खबर
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते