पोखरामा पर्यटकले यसरी भाइटीका मनाए (हेर्नुहोस् तस्विरहरु)

पोखरामा पर्यटकले यसरी भाइटीका मनाए (हेर्नुहोस् तस्विरहरु)

tihar (1)

पोखरा । १२ औं भाइटीका महोत्सव २०७५ मा यस बर्ष पर्यटकहरु उत्साहजनक रुपमा सहभागी भएका छन् । नेपाली कला संस्कृतिको माध्यमबाट पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यले पश्चिमाञ्चल होटल संघले पोखरामा महोत्सव आयोजना गर्दै आएको छ ।

भाइटिका पर्वको अवसरमा लेकसाइडको लालुपाते मार्गमा रहेको वटरफ्लाई फाउण्डेसनको परिसरमा आयोजना भएको कार्यक्रममा १४ देशका ६० जना पर्यटकहरु सहभागि भए । गत बर्ष ११ औं भाइटिका महोत्सवमा १३ देशका ३५ पर्यटकहरु सहभागि भए पनि यस बर्ष गत बर्षको भन्दा बढी पर्यटकहरु सहभागि भएको संघका महासचिव गणेशराज पहारीले बताए ।

महोत्सवमा अमेरीका, अष्ट्रेलीया, जापान, चाईना, जर्मन, वेलायत, फ्रान्स, होल्याण्ड, नेदरल्याण्ड, वेल्जियम, इजरायल, क्यानडा, रस्सा र स्पेनका गरी १४ देशका ६० जना पर्यटकहरु उक्त महोत्सवमा सहभागि भएको पहारीले जनाए। उनका अनुसार यस बर्ष केहि देशका पर्यटकहरु पुनः दोहोरीयर भाइटिका महोत्सवमा सहभागि भएका छन ।

नेपाली मौलिक पर्व तिहार पर्वको बारेमा पर्यटकहरुलाई जानकारी गराउदै पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले उक्त महोत्सवलाई निरन्तरता दिदै आएको संघका अध्यक्ष विकल तुलाचनले बताए । भाइटिका महोत्सवमा सहभागि भएका विदेशी पर्यटकहरुलाई भाइटिकाको दिन दिउँसो ३ बजे पछि नेपाली परम्परा अनुसार नेपाली चेलीहरुले पर्यटकहरुलाई दाजुभाईको सम्बन्ध प्रगाढ रहोस भन्दै यो पर्व मनाएको महोत्सव संयोजक पार्वती पाण्डेले बताइन ।

महोत्सवमा नेपाली परम्परा अनुसार तिहार पर्वको विधि अनुसार टिका लगाइएको थियो । पर्यटकहरुलाई निधारमा सप्तरंगी टिकाको साथमा, सयपत्रि फुलका माला, पुरुष पर्यटकहरुलाई नेपाली ढाका टोपी र महिला पर्यटकहरुलाई सल प्रदान गरी भाइटिका मसला समेत प्रदान गरीएको थियो ।

रेन्वो चिल्ड्रेन पाउण्डेसनका वालीकाहरुले दाई तथा दिदीको रुपमा पर्यटकहरुलाई टिका लगाए पछि उनीहरुलाई पर्यटकहरुले समेत दक्षिणा दिएका थिए । तिहार पर्वमा खाइने सेल रोटि, अचार, सहितका परिकार समेत विदेशीलाई खुवाउदै देउसी भैली कार्यक्रममा छम्छम्ती नचाइएको थियो । अन्तराष्ट्रिय भाइचारा स्थापना गर्न पनि उक्त महोत्सवले सहयोग पुराएको उनले जनाए ।

यस अघि ३ पटक भाइटिका महोत्सवमा सहभागि भएकी होल्याण्डकी हितताजले भाइटिका महोत्सव आफुलाई निकै रमाईलो लाग्ने भएकोले नेपाल भ्रमण हुदा सकेसम्म सहभागि हुने बताइन। उनले भनिन“ भाइटिका महोत्सव मलाई निकै राम्रो लाग्छ, देउसी भैलोमा गरिने नृत्यले हामीलाई थप मनोरन्जन दिएको छ, भाइटिका महोत्सवमा हामीलाई गरिने सत्कारले गर्दा म पटक पटक यस महोत्सवमा सहभागि भएकी हुँ । ”

इजरायलका गलनिटले एक महिना नेपाल भ्रमण गर्ने क्रममा भाइटिका महोत्सवमा पहिलो पटक सहभागि हुन पाउदा निकै हर्स लागेको बताए । उनले भने “ नेपाल प्राकृतिक सौन्दर्यतामा जति राम्रो छ, यहाँको कला संस्कृति पनि उतिकै राम्रो अनि यहाँका मान्छेहरुको व्यवहार प्रति हामी निकै खुसि छौं । ” उनी आफ्ना भाई सहितको ४ जनाको टोलीमा नेपाल भ्रमणको क्रममा पोखरा आएका हुन।

होटल ल्याण्डमार्क र बटरफ्लाई लजले सहयोग गरेको कार्यक्रमको प्रबर्द्धक नेपाल पर्यटन बोर्ड रहेको थियो ।

शब्दः पोखरा न्युज, फोटोः पश्चिमाञ्चल होटल संघ

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ