चोरिएको ट्याक्सी दुर्घटना, कृस्तिका २४ वर्षीय सुमनको मृत्यु

चोरिएको ट्याक्सी दुर्घटना, कृस्तिका २४ वर्षीय सुमनको मृत्यु

taxi

पोखरा, २० कार्तिक  ।

पोखरामा मादकपदार्थ सेवन गरेर अर्कैको ट्याक्सी लिएर भाग्दा एक युवकको ज्यान गएको छ ।

सोमबार राती मादकपदार्थ गरेर सुतेका पोखरा २१ कृस्तिका २४ बर्षीय सुमन पौडेलले अर्कैको ट्याक्सी चलाएर हिँड्दा दुर्घटनामा परि ज्यान गुमाएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी नविन कार्कीले बताए।

पोखरा – ७ शान्तिनगर स्थित राजु कुँवरको ग्यारेजमा काम गर्ने पौडेल सोमबार राती ट्याक्सी चालकसँगै शान्तिनगरमा मादकपदार्थ सेवन गरि सुतेका थिए । ट्याक्सी चालक राजु थापा सधैं ट्याक्सी पार्किंग गर्ने ठाउमा ट्याक्सी पार्किंग गरेर पौडेलसँगै मापसे गरेर सुतेकोमा पौडेलले सुटुक्क ट्याक्सीको चाब लिएर हिँडेको चालकलाई उदृत गर्दै डिएसपी कार्कीले बताए ।

पौडेलले लिएर हिँडेको ग १ ज ५४३ नम्बरको उक्त ट्याक्सी पोखरा (२२ पुम्दी भुम्दी स्थित फलेंटेमा दुर्घटना हुदाँ उनको घटनास्थलमै ज्यान गएको हो । ट्याक्सी सडकबाट करिब १ सय मिटर तल खसेको छ ।

मादकपदार्थ सेवन गरेका उनले बेसुरमा वा अन्य कुनै मनसायले ट्याक्सी लिएर हिँडेका थिए भन्ने कुरा खुल्न बाँकी रहेको डिएसपी कार्कीले बताएका छन् ।

यद्यपि घटनाका बारेमा यसअघी ट्याक्सी चोरिएको र हराएको भन्ने जस्ता कुराहरु जोडिन आएकाले थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले जनाए ।

पोखरा न्युजको सहयोगमा अद्यावधिक । 

तस्विरः कुशल बरालको फेसबुकबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ