सुन्दरकुमार थकाली
मुस्ताङ,१४,कार्तिक ।।
म्याग्दीको बेनी नगरपालिका ५ घर भई मंगलबार हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथ दर्शन गर्न गएका अनेरास्वबियूका केन्द्रिय सदस्य प्रकाश पौडेलले मन्दिर परिसरभित्र फोहोरको थुप्रो छरपष्ट देखेपछि खिन्न हुँदै जोमसोम फर्किए ।
जोमसोम फर्किए लगत्तै उनले धेरै कुरा सोच्न थाले ।संसारले थाहा पाएका व्यक्ति जान चाहने ठाउँ मुस्ताङको मुक्तिनाथ मन्दिरमा तिर्थालले फ्याकेका छरपष्ट फोहोरको डङ्गुरले आत्मा पोल्न थाल्यो उनको ।हिन्दु र बौद्ध धर्मको आस्थाको केन्द्र पवित्र मुक्तिनाथ मन्दिरमा यसरी फोहोर मिल्काईको देख्दा उनलाई आत्मग्लानी लाग्यो,हुटहुटी चल्यो ।यहा आएपछि सबैकुराबाट मूक्ति मिल्ने बिश्वास लिईएको धार्मिक तपोभूमिमा वातावरणलाई चुस्त,स्वच्छ र सफा राख्नूपर्ने सम्झिए उनले ।
तर यो सबै काम मूक्तिनाथ बिकास तथा त्यहाभित्रको व्यवस्थापन समितिको दायित्व हो ।तर त्यहा फिटिक्कै यसतर्फ ध्यान गएको देखिएन ।झक्तजनले करोडौको दान गरेर जाने यस परिसरमा मन्दिर व्यवस्थापन समितिले आखा चिम्लिएको देखियो ।यो सर्मलाग्दो बिषयनै हो ।समितिको दान कोेषमा करोडौ रुपैया मौज्यात छ ,हजारौ रुपैया दैनिक भेटी जम्मा हुन्छ ।खैर,तर मन्दिर परिसरको थुप्रोले यहाको सौन्दर्यतालाई गिज्याईरहेको अनुभूति प्रष्ट हुन्छ ।मन्दिरमा दर्जनौ कर्मचारी तथा सुरक्षाकर्मी छन्, अनि आनी र पूजारी पनि । आफ्नै आखा अघिको दैनिकको फोहोर टुलुटुलु हेरि बसेका छन् उनीहरु ।यो सर्मनाक बिषय बनेको छ ।स्वदेश तथा बिदेशबाट मूक्तिनाथको दर्शन गर्न आएका भक्तजनले फोहोरको चाङ देख्दा कस्तो सन्देश प्रवाह होला।?यसतर्फ सोच्न भ्याएनन् मन्दिरमा कार्यरत कर्मचारीहरुले।सबैलाई कमाउ नै प्यारो थियो ।

यता,मन्दिर आएका तिर्थालुले १ सय आठ धारा र कुण्डमा स्नान गरेपछि फालिने कपडालाई कसरी ,कहा व्यस्थित गर्ने भन्नेबारेमा किन सूचना प्रवाह गरिएको छैन ।?फोहोर व्यवस्थापनको राम्रो जानकारी गराईएको भए सायद म्याग्दी बेनीको प्रकाशले जस्तै अरु तिर्थालुले यस्तो फोहोरको दुरदर्शा देख्नुपर्ने थिएनकी ।?
म्याग्दीका प्रकाश मुस्ताङ संग परिचित व्यक्ति हुन् ।उनको मुस्ताङ संग राजनैतिक तथा मित्रवत् संम्वन्ध छ ।यसैले उनले भोलीपल्ट योजना बनाए फोहोर व्यवस्थापन गर्ने ।यसपछि उनका सहकर्मी अनेरास्वबियूका जिल्ला अध्यक्ष पेमाछेतेन बिक संग सल्लाह गरे फोहोर व्यवस्थि तगर्न मूक्तिनाथ जाऔ ।बुधबार पौडेल र बिक द्धय मोटरसाईकल चढेर मुक्तिनाथ पुगे ।त्यहा उनीहरुले मन्दिरका केही कर्मचारीको सहयोग लिएर दिनभरी मुक्तिनाथ परिसरको व्यापक सरसफाई गर्नतिर लागे ।सो क्रममा उनीस्हरुले भक्तजनले फालेका ८ बोरा अन्डरवेयरलाई खाल्डो खनेर जलाए ।साथै मन्दिरमा छरपष्ट मिल्काईका फोहोरलाई पनि तह लगाएर जोमसोम फर्किए ।
अनेरास्वबियूका केन्दिय सदस्य पौडेल भन्छन् मुक्तिनाथ जस्तो धार्मिक आस्थाको केन्द्रमा फोहारको थुप्रो देखिनु सुहाउदो होईन ।उनले हामी र हाम्रो हो भन्ने संस्कारको सन्देश प्रवाह गर्न सिमित जनशक्तिले पनि सकारात्कम कार्य गर्न सकिन्छ भनेर सरसफाई गरेका हौ ।
यता जिल्ला अध्यक्ष बिकले पौडेलको सरसल्लाह मुताबिक धार्मिकक्षेत्रमा पूण्य गर्न गएको बताए ।दुईजना यूवाले मन्दिर परिसर पुरै सरसफाई गरेर फर्कदा यसले मुक्तिनाथ मन्दिरकै कारण जिल्लाबासीले फाईदा लिएका यहाका सरोकारवालाहरुले यसकार्यले छुन्छ,छदैन गौण प्रश्न बन्दछ ।
सम्बन्धित खबर
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की