पोखरा सराङकोटमा निर्माणाधिन रिसोर्टमा रंग लगाउने क्रममा खसेर हेटौंडाका युवकको मृत्यु

पोखरा सराङकोटमा निर्माणाधिन रिसोर्टमा रंग लगाउने क्रममा खसेर हेटौंडाका युवकको मृत्यु

khasera death

पोखराका विभिन्न ठाउँमा आज भएका घटनामा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । पोखरा महानगरपालिका वडा नं १८ सराङकोटमा बन्दै गरेको एक रिसोर्टमा रंगरोगन गर्ने क्रममा लडेर एकजनाको ज्यान गएको हो भने पर्खाल भत्केर दुई बालक र मोटरसाईकलको ठक्करबाट १ र पर्खालले च्यापेर १ व्यक्ति घाईते भएका हुन् ।

पोखरामा रहेको होटल बाराहीले सरांगकोटमा बनाउँदै गरेको रिसोर्टमा पेन्टिङ गर्ने क्रममा मकवानपुरको हेटौंडा बस्ने २५ वर्षीय राज कुमार मगरको मृत्य भएको हो । उनी उक्त रिसोर्टको तेश्रो तलाबाट खसेका थिए । सुरुमा घाईते भएका उनलाई उपचारको लागि मणिपाल अस्पताल लगिएकोमा डाक्टरले मृत्यु भईसकेको घोषणा गरेका हुन । चे घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

पोखरा महानरपालिका वडा नंं ९ बास्तोला थरमा ईन्द्र प्रसाद बास्तोलाको घरको कम्पाउण्डिङ गरेको पर्खालमा खेल्ने क्रममा उक्त पर्खाल भत्केर च्यापिंदा सोही स्थान कै ५ वर्षीय बालक गौरव थापा र ७ वर्षीय शुसान्त पोखरेल घाईते भएका छन् । पर्खालले च्याप्दा घाईते भएका दुबैजनालाई उपचारको लागि फिस्टेल अस्पताल लगिएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

पोखरा महानगरपालिका वडा नं ६ जरेवरमा ग १० प ४०७९ नं.को मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिएर घाईते बनाएको छ । घाईते हुनेमा पोखरा महानगरपालिका(१७ ड्यामसाईड बस्ने वर्ष ५६ का बल बहादुर जि.सि. रहेका छन् । उनलाई उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएको छ । मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ ।

यसैबीच, गाह्रोले च्यापेर ओखलढुङ्गाको थाले गाउँपालिका वडा नं ५ घर भई हाल पोखरा महानगरपालिका १५ लक्ष्मीटोल बस्ने वर्ष ३५का महेश कुमार राई घाईते भएका छन् । पोखरा महानगरपालिका १०राममार्ग स्थित अनिता तिमिल्सिनाको घरमा पानी ट्याङ्कीको गाह्रो लगाएर आर.सि.टी.जाली बुन्ने बेलामा जालि र गाह्रो भत्केर उनी च्यापिएका थिए । च्यापिएकै अवस्थामा रहेका उनलाई स्थानियको सहयोगमा उद्धार गरी उपचारको लागि पश्चिम क्षेत्रीय अस्पतालमा लगीएको छ । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाईएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ