पोखरा लामस्वाँराकी ममताको सफलताको कथाः श्रीमान् बिरानो, छोरा होस्टल । फूल र च्याउसँगै मन भुलाउँदै, पैसा फुलाउँदै

पोखरा लामस्वाँराकी ममताको सफलताको कथाः श्रीमान् बिरानो, छोरा होस्टल । फूल र च्याउसँगै मन भुलाउँदै, पैसा फुलाउँदै

20181022_115410

नेगम परियार, पोखरा । नेपाली परिवेशनमा मुख्यतः पुरुषले कमाउने र महिला घरयासी काम गर्ने, बाल बच्चाको स्याहार सुहार गर्ने मान्यता अझै छ । तर, घर धान्ने महिलाहरु नभएका भने होइनन् । उदाहरण लायक पात्र हुन्, पोखरा महानगरपालिका २०, मौजा मोहरिया, लामस्वाँराकी ३५ बर्षिया ममता गुरुङ ।

गत वर्षबाट मात्रै आफ्नो बारीमा सयपत्री फूल र घरमा च्याउ खेती गरेर उनको जिवन गुजारा टरेको मात्र छैन, पैसा समेत कमाउन थालेकी छिन् । ८ वर्षीय छोराका साथ उनी फूलबारी र च्याउघरमा आफूलाई व्यस्त बनाउँदै बसेकी छिन् । श्रीमानसँगको सम्बन्ध पनि राम्रो नभएको र छोरो समेत पोखरामा होस्टल बसेर पढ्न थालेपछि उनी एक्लै भईन् । दिन कटाउन समेत गाह्रो हुन थालेपछि च्याउ र फूल खेती गर्न सुरु गरेको उनले बताईन् ।

हाल ९ रोपनी जग्गामा (अमेरीन सिड) जातीको सयपत्री फुल र सिताकी जापनीज जातीको च्याउ खेती गरेकी छिन् । हाल २ वटा घरमा १५०० मुडामा (सिताकी जापनीज) जातीको च्याउ खेती गरेको र त्यस पछि (अमेरीक सिड ) जातीको सयपत्री फुल खेती सुरु गरेको बताईन । तीन महिना सयपत्री खेती र ६ महिना च्याउँ खेती हुने हुदा आम्दानी पनि हुने र समयको पनि सदुपयोग हुने गरेको ममताले बताईन् । बर्षमा च्याउँबाट ६ महिना सम्म आम्दानी लिन सकिने र सयपत्री फुलबाट बर्षमा एक पटक मात्र आम्दानी लिन सकिनेछ ।


च्याउ सिजनमा प्रति के.जि ८०० रुपैँया र अफ सिजनमा १२०० रुपैँया सम्म बिक्रि हुने गर्दछ । सयपत्री फुलचाहिँ आफैले घरमै माला बनाई प्रतिमाला सानो मालालाई १५० रुपैँया र ठूलो मालालाई २०० रुपैँया सम्म बिक्रि हुने गरेको उनले बताईन । गत बर्ष च्याउबाट मात्र करिब एक लाख रुपैँया आम्दानी भयको र यो बर्ष बिक्रि भईरहेको र यो बर्ष च्याउँको बजार भाऊ राम्रो भयकोले यस बर्ष च्याउँको आम्दानी बढ्न सक्ने भन्दै उनले खुशी जनाईन् ।

सयपत्री फुल श्रावण महिनामा जमाउने र भाद्र महिनामा जमायको बिरुवा उखेलेर बारीमा रोपे पछि कार्तिक महिनामा तिहारलाई लक्ष्ति गरि सयपत्री फुल उत्पादन गर्ने गरिन्छ ।

त्यस्तै, गत बर्ष बाट सुरु गरेको सयपत्री खेतीबाट पहिलो बर्ष नै एक लाख रुपैँयाको आम्दानी भयको थियो । यस बर्ष पनि तिहारको अवसर पारेर सयपत्री फुल बिक्री गरिने र यस बर्ष सयपत्री फुलको पनि राम्रै बजार भाऊ पाउनेमा ममता आशाबादी छिन् । गत बर्ष बाट सुरु गरेकी च्याउ खेती र सयपत्री खेतीको लगानी करिब ९ लाख रुपैँया रहेको बताईन ।
ममताले पहिला पोखराको हस्पिटलमा क्यान्टिन सञ्चालन समेत गरेको र क्यान्टीनबाट राम्रो आम्दानी नभय पछि गाउँमै आई आफनै खेत बारीमा च्याउँ र सयपत्री खेती गरी आफनै बाझो खेतबारीमा रगत पसिना बगाउन थालेकी हुन ।

चर्को घाममा टाउकोमा रहेको सलले पसिना पुच्छदै उनले भनिन ‘आफ्नै जमिन, आफ्नै खेतबारीमा रगत पसिना बगाइर काम गर्दा र आफ्नो ब्यबसायले पनि राम्रो आम्दानी लिन पाउँदा स्वर्गको आभाष हुँदो रहेछ । आफैले इलम गरेर नयाँ जिबन पाउँन सकिन्छ भने किन अर्काको भर पर्नु होईन र ? ममताले प्रश्न गरिन ।

(अमेरीक सिड ) जातीको सयपत्री फुलको बिउँ एक प्याकमा एक हजार सिड हुने र उक्त एक प्याकलाई चार हजार रुपैँया पर्ने गरेको बताउँदै उनले च्याऊको भने एकै पटक धेरै बिऊ ल्याउने भएकोले एक प्याकको यति नै पर्छ भन्न चाँहि नसक्ने तर अहिले सम्म च्याउको बिऊको लागी मात्र उनिले असी हजार रुपैँया खर्च गरि सकेको उनले बताईन् ।
उनले व्यवसायलाई विस्तार गर्ने योजना पनि बनाएकी छिन् । अब पन्ध्र सय मुडामा लागाएको च्याउ खेतीलाई बढाउने र यो जातीको च्याउ मात्र नभई बर्ष भरि नै आम्दानी दिन सकिने च्याउको पनि खेती गर्ने, सयपत्री फुलको खेतीलाई पनि बढाएर बिस रोपनी जग्गामा खेती गर्ने, ग्रिनहाउस बनाई अर्गानिक खेती, बेमौषमी तरकारी खेती गरि होमस्टे सञ्चालन गर्ने उनको सोच छ ।

कामदार नै राखेर अघि बढ्ने उनको सोच छ । उनको च्याउ खेती र सयपत्री खेती बाट प्रभावित भएरै गाउँका पाँच घरमा सयपत्री खेती गरेको र उनिहरुलाई सुझाब सल्लाह तथा बिउबिजन समेत उनले नै उपलब्ध गराएकी छिन् । स्याङ्जाको एक दाईले यो ब्यबसाय सञ्चालन गरेको देखेपछि उनले पनि आफ्नो जग्गामा यो ब्यबसाय गरेको र थप समस्या तथा सुझाब चाहिएको खण्डमा उनीसँगै सरसल्लाह लिने गरेको उनले बताईन ।

अब चाँडै नै आप्mनै वडामा आफनै नाम बाट फार्म दर्ता गरी यस ब्यबसायलाई बृहत बनाउनमा लाग्ने ममताको सोच छ । उनिलाई आजभोली च्याउँ र सयपत्री खेतीले थप नयाँ परिचय समेत दिनुको साथै उनको घर रहेको स्थानलाई पनि आजकल फुलबारीको नामाकरण समेत गर्ने गरेको गुरुङ्गले बताईन । उनको सयपत्री खेती भएको स्थानमा सिजनमा पोखराबाट बिभिन्न म्यूजिक भिडियो समेत गर्न आउन थालेको र आफ्नो सयपत्री बारीमा सुटिङ्ग भएको देख्दा निकै खुशि हुने गरेको ममताले खुशी ब्यक्त गरिन् ।

उनिले भनिन् – ‘सरकारबाट अझ तालिम तथा अनुदान बजेटहरु पाउन सके मलाई यस व्यवसायलाई मदत पुग्ने थियो ।’ च्याऊ र सयपत्री फुल खेतीबाट जिबनयापनको लागि मात्र नभई राम्रो आम्दानी समेत भएको उनले बताईन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ