समुदाय-प्रहरी साझेदारी कार्यक्रमको समझदारी पत्रमा मेयर र एसपीको हस्ताक्षर

समुदाय-प्रहरी साझेदारी कार्यक्रमको समझदारी पत्रमा मेयर र एसपीको हस्ताक्षर

IMG_3691

तनहुँ । समुदाय-प्रहरी साझेदारी कार्यक्रमको समझदारी पत्रमा मेयर र एसपीले हस्ताक्षर गरेका छन् । सुरक्षा सचेतना अभिबृदी गर्न एंव स्थानीय तहमा सेवा प्रवाहमा सुरक्षाको प्रभावकारी समन्वय कायम गर्ने तथा स्थानीय तह र प्रहरीका साझा जिम्मेवारीका सम्बन्धमा सहकार्य गर्ने प्रमुख उद्देश्यले देशव्यापी रुपमा संचालन हुन लागेको “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम कार्यन्वयन गर्ने सम्बन्धी समझदारी पत्रमा स्थानिय निकायको तर्फबाट ब्यास नगरपालिकाको प्रमुख (मेयर) बैकुण्ठ न्यौपाने र जिल्ला प्रहरी कार्यालय तनहुँका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शिद्धी बिक्रम शाहले एक समारोहको बिच हस्ताक्षर गरेका हुन् ।
प्रहरी, स्थानीयतह, समुदाय, सामजिक संघ संस्था-बिद्यालय बिच साझेदारी निर्माण गरी सामुदायिक सुरक्षालाई संस्थागत गर्न, समुदाय स्तरमा अपराध रोकथामलाई प्राथामिकता राखी सामुहीक प्रयास गर्न, दिगो र दिर्घकालीन साझेदारीको संयन्त्र निर्माण गर्न उद्देश्य रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्याल जानकारी दिए ।
उक्त अवसरमा बोल्दै प्रहरी उपरीक्षक शिद्धी बिक्रम शाहले अपराधको रोकथाम, नियन्त्रण, बिकृती, बिसंगती, न्युनिकरण गर्न र शान्ती सुरक्षा कायम गर्न जन समुदायको अहम भुमिका रहेको बताए । साथै ब्यास नगरपालिकाको नगर प्रमुख बैकुण्ठ न्यौपानेले सुरक्षा र बिकासको लागी तथा समाजलाई सुरक्षित राख्नको लागी प्रहरी र जनप्रतिनिधिहरु बिच समन्वय हुनु पर्ने बताए ।

तनहुँ जिल्लामा प्रहरी-समुदाय साझेदारी कार्यक्रमको आईतबार बिहान १० बजे ब्यास नगरपालिकाको सभा हलमा उदघाटन हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ