पोखरा, ८ कात्तिक । विवेकशील साझा पार्टीले आउँदो १० गते शनिबार पोखरामा गण्डकी प्रदेश संयोजक घोषणा एवं बृहत नागरिक सम्बोधन गर्ने भएको छ ।
पार्टीको संगठन विस्तार कार्यक्रम अन्तर्गत पोखरामा जिल्ला कमिटीको संयोजनमा प्रदेशस्तरीय कार्यक्रम आयोजना गर्न लागिएको बताइएको छ ।
तालिका अनुसार कात्तिक ९ गते शुक्रबार संगठन विस्तार तथा प्रशिक्षण कार्यक्रम हुनेछ भने कात्तिक १० गते शनिबार विवेकशील साझाको गण्डकी प्रदेश संयोजक घोषणा गर्ने कार्यक्रम रहेको छ ।
गण्डकी प्रदेश संयोजक घोषणाका लागि पार्टीले विशेष तयारी गरिरहेको छ । प्रदेश संयोजक घोषणा कार्यक्रम पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने सचिवालयले जानकारी दिएको छ । घोषणा कार्यक्रममा सबै सर्वसाधारणहरुले सहभागिता जनाउन सकिने बताइएको छ ।
कार्यक्रममा पार्टीका शीर्ष नेताहरु पोखरा आउने जिल्ला सचिवालयका सदस्य सुरेश पहारीले जानकारी दिए । सचिवालयले दिएको जानकारी अनुसार विवेकशील साझाका संयोजकद्वय रविन्द्र मिश्र र उज्जवल थापा सहित केन्द्रीय नेताहरु केशव दाहाल, डा. सूर्यराज आचार्य, रञ्जु दर्शना पोखरा आउने कार्यक्रम तय भइसकेको छ ।
कार्यक्रममा संयोजकद्वय रविन्द्र मिश्र र उज्जवल थापाले विवेकशील साझाको राजनीतिक मूल्य र मान्यताको विषयमा आफ्ना धारणाहरु राख्नेछन् ।
त्यस्तै डा. सूर्यराज आचार्यले विवेकशील साझा पार्टीको राजनीतिक दर्शन र अर्थतन्त्र विषयमा आफ्नो विचार राख्नेछन् । अर्का नेता केशव दाहालले नेपालमा वैकल्पिक राजनीतिको औचित्यको बारेमा प्रकाश पार्नेछन् भने युवा नेतृ रञ्जु दर्शनाले युवा पुस्ता राजनीति र सामाजिक अभियानको विषयमा बोल्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।
सम्बन्धित खबर
लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
एमाले नेता अर्जुनलाई मातृशोक
स्याङ्जामा विविध कार्यक्रमसहित संविधान दिवस मनाइयो
संविधान दिवस : तिलडाँडा सामुदायिक वन वाटिकामा वृक्षारोपण
नेपालमै पहिलो पटक पोखरामा इन्टरनेशनल बलुन फेस्टिभल हुने
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग