तनहुँमा भालुको आक्रमणबाट तामाङ गम्भीर घाइते

तनहुँमा भालुको आक्रमणबाट तामाङ गम्भीर घाइते

bear

तनहुँ । भालुको आक्रमणबाट तनहुँका एक जना गम्भीर घाइते भएका छन् । भानु नगरपालिका–११ रुपाकोट खाल्टेका ४८ वर्षीय भीमबहादुर तामाङ घाइते भएका हुन् ।

घर नजिकैको सिखा जंगलमा घाँस काट्न गएका बेला भालुको आक्रमणमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । भालुको आक्रमणबाट हात भाँचिनुका साथै घाँटीमा ठूलो चोट लागेको छ ।

बुधबार दिउँसो करिब १ बजेतिर आफ्नो श्रीमतीसँगै घाँस काट्न जंगल गएका तामाङलाई भालुले आक्रमण गरेको र श्रीमतीले चिच्चाई कराई गरेपछि स्थानीयले खबर पाएको बताइएको छ ।

स्थानीयबासीको सहयोगमा घाइते तामाङको लमजुङको सुन्दरबजारस्थित कर्मदा अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि विर अस्पताल काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ