पोखरामा आजदेखि नयाँ कर प्रणाली, एकीकृत सम्पत्ति कर तिर्नु नपर्ने

पोखरामा आजदेखि नयाँ कर प्रणाली, एकीकृत सम्पत्ति कर तिर्नु नपर्ने

Pokhara

पोखरा, ७ कार्तिक  । पोखरा महानगरपालिकाले आजदेखि लागू हुने गरि नयाँ कर प्रणाली सुरु गरेको छ । महानगरले निकालेको राजपत्र अनुसार अव सम्पत्ति कर र मालपोत कर लागू हुने छ । यसअघि एकीकृत सम्पत्ति कर लिँदै आएको महानगरले आजदेखि नयाँ कर सुरु गरेको हो ।

पहिलो चरणमा पोखरा महानगरको मुख्य कार्यालयबाट कर संकलन गर्ने र सफ्ट्वेयर तयार भएपछि वडा तहबाट पनि कर लिने ब्यवस्था मिलाईने महानगरले जनाएको छ । यसअघि अवैध रुपमा एकीकृत सम्पत्ति कर लिएको भन्दै उच्च अदालतमा रिट परेको थियो ।

रिटको सुनुवाई गर्दै अदालतले एकीकृत सम्पत्ति कर खारेज गर्न महानगरलाई अन्तरिम आदेश पठाएको थियो । त्यसपछि मात्रै नयाँ करबारे छलफल सुरु भएको हो । करिब १ महिनाको तयारी पछि महानगरले नयाँ ब्यवस्था अनुसार कर संकलनको बाटो निर्माण गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ