सुन्दरकुमार थकाली, मुस्ताङ । मुस्ताङको थासाङ १ टुकुचेमा पहिलो पटक बिदेसी चिकित्सकहरुद्धारा निःशुल्क दिने दन्त शिविर संञ्चालन हुने भएको छ । यसका लागि नेदरल्याण्ड(होल्याण्ड) स्थित धम्पुस फाउन्डेसनका वरिष्ठ चिकित्सक एरिक मालाकवाद सहितको ७ प्रतिनिधि टोली सोमबार मुस्ताङ आएका हुन् ।
धम्पुस फान्डेसनको आर्थिक तथा प्राविधिक सहयोग र टुकुचे सामूदायिक दन्त उपचारकेन्द्रको आयोजनामा शुक्रवार ९ गते देखि आईतबार ११ गते ३ दिनसम्म शिविर संञ्चालन हुने कार्यक्रम संयोजक पुर्णप्रभा थकालीले जानकारी दिईन् ।उनले शिविर दन्तकेन्द्र सामूदायिक भवनमा संञ्चालन गरिने बताईन् ।‘यो सूवर्ण अवसर हो।मुस्ताङमा सबै ठाउमा रहेका स्थानीयलाई सेवा प्राप्त गर्न आह्वान गर्दछौं,’उनले भनीन्,‘बिदेसी अनुभवी चिकित्सक आएका छन् ,भरपर्दो र राम्रो उपचार हुन्छ ।’
शुक्रबार हुने दन्त शिविरमा ५ जना चिकित्सक,एक सहयोगी र एक फोटो ग्राफर सहभागि हुने संयोजक थकालीको भनाई छ ।यसअघि पनि नेदल्याण्डको धम्पुस फान्डेसनले आर्थिक सहयोग उपलब्ध गराउदै आएको छ ।स्थानीय स्तरमा दन्त संम्वन्धि स्थानीय सरोकारवालाहरु संग राय संङ्कलन गरेर स्थानीय स्तरमा गरिने सेवालाई फराकिलो र प्रभावकारि बनाउन नेदरल्याण्ड टोली मुस्ताङ आएको संयोजक थकालीले जनाईन् ।
जिल्लामा दन्त संम्वन्धि उपचार हुने भएपनि बिदेसी चिकित्सकबाट दन्त परिक्षण हुँने भएकाले जस्तो सुकै प्रकारका दाँत संम्वन्धि समस्या भएका बिरामीले स्वास्थ्य लाभ लिन सक्ने सुबर्ण अवसर रहेको टुकुचे सामूदायिक दन्त उपचार केन्द्रले जनाएको छ ।
सम्बन्धित खबर
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला