एजेन्सी । पूर्वीय दर्शनमा जीवनमा सँधै गोप्य राख्नु पर्ने केही कुराको चर्चा गरिएको छ । कतिपय कुराहरु हामीले अरुलाई सेयर नगर्नु नै राम्रो हुन्छ । हामीले यहा जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरुको बारेमा चर्चा गरेका छौं ।
१. रातिक्रिडा
जीवनमा यौन सम्बन्धको विषयमा कसैलाई पनि नभन्नुस् । कुनै स्त्री तथा पुरुषबीचको यौनिक क्रियाकलाप अरुसँग भनेर मजा लिने कुरा होइन । तपार्इंले यौन क्रिडाका कुरा अरुलाई भन्न थाल्नु भो नकारात्मक परिणाम ब्यहोर्नुपर्ने हुन सक्छ ।
२. घर परिवारको झगडा
परिवारमा झगडा हुनु सामान्य विषय हो । यस्तो कुरा सबैजसो घरमा हुन्छ । यस्ता विषयमा अरुलाई नभन्नुस् । परिवारको झगडा अरुले थाहा पाएमा गलत फाइदा उठाउन सक्छन् ।
३. धन हानी
जीवनमा तपाइँलाई परेको आर्थिक नोक्शानीको विषयमा कसैलाई पनि भन्न हुँदैन् । मानिसहरुले तपार्इंको धन हानी हुँदा तपार्इंसँग भएको धनबारे जानकारी पाउने मात्र होइन हानी भएका कारण तपार्इंबाट टाढिने समेत खतरा समेत हुन्छ ।
४. दान
जीवनमा कसैलाई केही कुरा दिइएको छ भने त्यो विषयमा अरुलाई भन्नुहुँदैन । दान धर्मको विषयमा अरुलाई भन्नु भो भने यसको फल प्राप्त हुँदैन ।
५. मन्त्र
गुरुले दिएको मन्त्रलाई पनि गोप्य राख्न पर्ने विषय मानिन्छ । मन्त्र कसैलाई पनि भन्नुहुँदैन किन भने मन्त्रमा शक्ति हुन्छ ।
६.अपमान
आफू अपमानित भएको कुरा कसैलाई भन्नुहुँदैन । अपमानित भएको विषय अरुलाई भनियो भने तपार्इंको मजाक बनाएर खिल्ली उडाउन सक्छन् ।
७. पद प्रतिष्ठा
पद प्रतिष्ठा प्राप्त भएपछि मानिसहरु मात्तिने हुन्छन् । तर पद र प्रतिष्ठको विषयमा सकेसम्म गोप्यता कायम गर्नुस् । यी ७ कुरा जीवनमा सँधै गोप्य राख्नुस् ।
सम्बन्धित खबर
आज आमाको मुख हेर्ने पर्व मनाइँदै
आजको मौसम पूर्वानुमान
सहकारी ठगीमा फरार कांग्रेस सांसद माया राई पक्राउ
कश्मिर घटनाबारे पूर्वराजाले भने: हिन्दूवादी माथिको आक्रमण निन्दनीय
शेरबहादुरजीले सरकार ढल्दैन भनेपछि भ्रम फैल्याउनेहरु फत्र्याक्क गले: प्रधानमन्त्री
सुदीप हत्याको विरोधमा स्वतन्त्र युवा र राप्रपाको ब्यानरमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध