तनहुँ । तनहुँ प्रहरीले आँबुखैरेनी बाट अवैध लागुऔषधसहित तीन युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको मस्र्याङ्दी गाउँपालिका–९ बस्ने २५ वर्षीय दीपेन्द्र भण्डारी र बेशीशहर नगरपालिका–३ बस्ने १९ वर्षीय सन्दीप परियार तथा कास्कीको पोखरा महानगरपालिका–२ बस्ने २३ वर्षीय राहुल श्रेष्ठ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टोलीले आँबुखैरेनी गाउँपालिका–२ चेक पोष्टस्थित पृथ्वी राजमार्गमा वीरगञ्जबाट बेशीशहरतर्फ आउँदै गरेको ना ५ ख ३०९५ नम्बरको बसबाट भण्डारीलाई पक्राउ गरेको हो । प्रहरीले भण्डारीको साथबाट डाइजोपाम ४३ एम्पुल, नुफिन ४३ एम्पुल, फेनेरागान ४३ एम्पुल गरी जम्मा १२९ एम्पुल बरामद गरेको छ ।
उनलाई जिल्ला अदालतबाट जरुरी पक्राउ पुर्जी स्वीकृत गराई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखिएको छ । त्यस्तै सोही ठाउँमा नै चेकजाँचका क्रममा भैरहवाबाट पोखरा आउँदै गरेको ग १ ख ८१४० नम्बरको बसबाट परियार र श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरीले उनिहरुको साथबाट डाइजोपाम ४५ सिसी, नुफिन ४५ सिसी, फेनेरागान ४५ सिसी गरी १३५ थान लागुऔषध बरामद गरेको छ । उनलाई पनि इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीलाई मोटरसाइकल
आँबुखैरेनी गाउँपालिकाले इलाका प्रहरी कार्यालय आँबुखैरेनीलाई एक थान मोटरसाइकल उपलब्ध गराएको छ । नजिकिँदै गरेको चाडपर्व सुरक्षालाई समेत दृष्टिगत गर्दै समाजमा शान्तिसुरक्षा चुस्त राख्न र प्रभावकारी अनुगमनका लागि गाउँपालिकाले मोटरसाइकल उपलब्ध गराएको हो ।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले शान्ति सुरक्षा, अपराध नियन्त्रण र सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले प्रभावकारी भूमिका खेल्दै आएको हुँदा यसलाई थप सशक्त बनाउनका लागि प्रहरीलाई साधन स्रोत उपलब्ध गराइएको बताए ।
पटाकासहित पक्राउ
प्रहरीले ठूलो परिमाणमा पटाकासहित एक जनालाई आज तनहुँको आँबुखैरेनीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१३ बस्ने २२ वर्षीय सुमितकुमार सिंह रहेको प्रहरीले जनाएको छ ।
नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी बनाइएको विशेष सुरक्षा योजना बमोजिम आँबुखैरेनीमा गरिएको आकस्मिक चेकजाँचका क्रममा सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको डिएल ४ सिएस ३२२५ नम्बरको भारतीय गाडीको डिकी तथा सिटमुनि लुकाई छिपाई राखेको अवस्थामा पटाकासहित सिंहलाई पक्राउ गरिएको उनले बताए ।
प्रहरीले उनका साथबाट मोरी कलरकोटी लेखिएको पटाका १० प्याकेट, ग्रिन कास्को लेखिएको पटाका एक, गोल्डन क्लासिक पटाका एक, ओपी १० पटाका पाँच, २४० मल्टिकलर बल्स पटाका दुई, रङ्गबार एसएटी फाउण्टेन पटाका दुई, साइन पटाका १०, रिङ क्याप्स पटाका १०, रोल क्याप्स पटाका १०, रङ्गिला ग्रिन पटाका १० र मोरी कलर कोटी डिलक्स पटाका पाँच प्याकेट बरामद गरेको जनाएको छ ।
सिंहलाई प्रारम्भिक अनुसन्धान प्रक्रिया पूरा गरी जिल्ला अदालत तनहुँबाट समेत जरुरी पक्राउ पुर्जी स्वीकृत गराई हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
प्रथम स्व. कमल पोख्रेल स्मृति कप, पुरुष भलिबल प्रतियोगिता हुने
पुस्तक तथा स्टेसनरीमा गौतमको नेतृत्व
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध, छिट्टै देशैभर उपलब्ध हुने
नि : शुल्क स्वास्थ्य शिविरबाट दुई हजार बढी लाभान्वित
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम