मनिताको बलात्कार र हत्या: मदिरा भट्टीमा बन्यो छिमेकी काकाहरुको योजना (घटना विवरण)

मनिताको बलात्कार र हत्या: मदिरा भट्टीमा बन्यो छिमेकी काकाहरुको योजना (घटना विवरण)

Manita-Yadav mdr

जनकपुरधाम – धनुषाकी औरही गाउँपालिका–२ की १० वर्षीया बालिका मनिता यादवको सामुहिक बलात्कारपछि हत्या गरेका अभियुक्तलाई आइतबार प्रहरीले सार्वजनिक गर्यो । जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी बलात्कार गरि हत्या गरेको स्वीकार गरिसकेका औरही गाउँपालिका वडा नम्बर–५ का विनोद मुखिया बीन र वडा नम्बर–३ का नथुनी पण्डितलाई सार्वजनिक गरेको हो।

रक्सीले मातेका विनोद मनिताकी नातामा छिमेकी काका रहेको र उनले फकाएर लगेपछि दुवै जनाले बलात्कार गरेको स्वीकारेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताएका छन्।

घटना विवरण

गएको शुक्रवार साँझ सात बजे खाना खाएर घरबाट निस्केकी मनिता साथीहरुसँग मेला हेर्न गएकी थिइन्। तर, शनिबार बिहानसम्म परिवारको सम्पर्कमा नआएपछि मनिताकी परिवारले इलाका प्रहरी कार्यालय औरहीमा खबर गरेका थिए।

प्रहरी तथा परिवारको सदस्यहरु खोजतलास गर्ने क्रममा मृतकको घरबाट १ किलोमिटर पश्चिममा रहेको धानको खेतमा टाउको गाडेको अवस्थामा मनिताको शव फेला परेको थियो।

मदिरा भट्टीबाटै बनाइयो योजना

असोज २६ गते साँझ करिब सात बजे विनोद र नथुनीले गाउँमै सँगै रक्सी खाए। मदिरा भट्टीमै मेलामा रहेकी एक बालिकालाई बलात्कार गर्ने दुवै जनाले योजना बनाए।

रक्सी खाएर भट्टीबाट करिब ८ बजे दुवै जना मेलामा गए। मेलामा दुवै जनाले अरु बालिकाहरुलाई पनि फकाउने प्रयास गरे तर उनीहरु मानिन्। मनिता नथुनीकी छिमेकी थिइन्। मनिता उनलाई काका भन्थिन्।

त्यसैले नथुनीले १० रुपैयाँ, चाउचाउ, चकलेट लगायतका खानेकुरा दिन्छु भनेपछि मनिता पछिपछि जान तयार भइन्। मेलाबाट करिब १ किमि पर खेतमा लगेर दुवैजनाले बालिकालाई मुख थुनेर बलात्कार गरे। बलात्कार गर्ने क्रममा नै मनिताको मृत्यु भयो।

उनको मृत्यु भएपपछि दुवै जना मिलेर उनको शव नजिकैको धान खेतमा राखेर आए। मनिता बाँचिन् भने आफुहरु फस्ने भन्दै एकछिनपछि दुवै जना फेरि उनको मृत्यु भएको वा नभएको हेर्न पुगे। हेर्न जाँदा बालिको मृत्यु नभएको शंका लागेपछि दुवै जनाले धान खेतको हिलोमा टाउको तल घोप्टो पारेर भागे।

यसरी पक्राउ परे हत्यारा

विनोद मुखिया पक्राउ पर्ने डरले शनिबार बिहानै घरबाट भागे। भाग्ने क्रममा जनकपुर आए। जनकपुरमा दिउँसो उनले सिनेमा हलमा फिल्म पनि हेरे।

मनिताकी परिवारले मेलाबाट बालिका हराएको प्रहरीलाई खबर गरेपछि चारैतिर नाकामा चेक प्वोइन्ट राखेर प्रहरीले सुरक्षा कडा पारेको थियो।

प्रहरीले सोधपुछको आधारमा शंकास्पद व्यक्तिहरुको नाम टिपे। तर, मनिता विनोद र नथुनीसँग गएको देखेका एक जनाले भनेपछि दुवै जनालाई प्रहरीले खोजी गर्न थाले।

उनको अभिभावकहरुलाई पनि विनोदलाई खोज्न प्रहरीले दबाब दिए। त्यसपछि विनोदको भाइमार्फत विनोद जनकपुरको भ्रमपुरा चोकमा रहेको प्रहरीलाई जानकारी प्राप्त भयो।

विनोदका भाई उनलाई खोज्दै भ्रमपुरा चोक आए र आफ्नो भाइलाई चोकमा देखेपछि उ भाग्न खोजे। भाग्न खोजेपछि प्रहरीले घेराबन्दी गरेर उनलाई समाते।

विनोद समातिएपछि अनुसन्धान गर्दा घटनामा नथुनीपनि रहेको खुल्यो। नथुनी मनिताको छिमेकी रहेकाले घरबाट भागेपछि शंका गर्ने डरले उनी घरमै बसे। र, घरमै उनलाई प्रहरीले पक्राउ गरेको छ।

दुवैजना यसअघि पनि आपराधिक घटनामा संलग्न रहेको खुलेको छ। उनीहरुमध्ये विनोद यसअघि लुटपाट सम्बन्धी घटनामा जेलपनि परिसकेका छन्।

नथुनी गाउँमै कहिले साइकल त कहिले खसी, बाख्रा चोर्ने गरेको क्रममा पक्राउ पर्ने र छुट्ने गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपालियाले बताएका छन्।

प्रतिभा झा/देशसञ्चार बाट ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ