कांग्रेस नेता चक्र बाँस्तोलाको निधन, ६ वर्षदेखि अचेत थिए

कांग्रेस नेता चक्र बाँस्तोलाको निधन, ६ वर्षदेखि अचेत थिए

chakra bastola

काठमाडौँ — नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको निधनको भएको छ । ६ बर्ष यता अर्धचेत अवस्थामा रहेको ७४ वर्षीय नेता बाँस्तोलाको शनिबार राति निधन भएको हो।

अवस्था गम्भीर भएपछि उनलाई शनिबार मध्याहृन बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले ४ बजे डिस्चार्ज गरेको थियो र खुमलटारस्थित निवास लगिएको थियो ।

२०६९ पुस १४ गते मोरङ विराटचोकको कुलपूजामा भाग लिँदैगर्दा बाँस्तोलालाई मस्तिष्कघात (ब्रेन ह्यामरेज) भएको थियो। त्यसयता उनी अचेतको अचेत ढलिरहेकाछन् । कहिले सिलिगुडी, कहिले मेदान्त अस्पताल गुडगाँव, कहिले न्युरो अस्पताल बाँसबारी र पछिल्लो समय घरैमा उनको उपचार गरिएको थियो।

उनी नेपालको प्रजातान्त्रिक आन्दोलन र कांग्रेस राजनीतिमा एउटा खास नेता थिए। बीपीले आफ्ना सबै राजनीतिक पुस्तकमा उनको नाम पटक–पटक लिएका छन्। प्रजातान्त्रिक आन्दोलन र कांग्रेस राजनीतिमा महत्वपूर्ण भूमिका खेलेका बास्तोला ०४८ सालमा भारतका लागि नेपालको राजदूत समेत बनेका थिए । उनी ०५२, ५५, ०५६ गरी ०५७–०५८ सम्म गरी चार चोटी मन्त्री बनेका थिए । बाँस्तोला दरबार हत्याकाण्ड हुँदा गिरिजाप्रसाद क्याबिनेटका परराष्ट्रमन्त्री थिए । उनी भारतका लागि नेपाली राजदूतसमेत बनेका थिए।

बाँस्तोलाको स्वास्थ्य अवस्था जटिल बनेपछि कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला लगायतका नेताहरु बाँस्तोलाको निवास पुगेका थिए।

तस्विरः कान्तिपुर

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ