म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित हिमाल आरोहणमा गएको कोरियाली टोली हिमपहिरोमा पर्दा ८ जनाको मृत्यु भएको छ। एक बेपत्ता छन् ।
सात हजार १९३ मिटर उचाईको गुर्जा हिमाल आरोहणमा गएका दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा ५ जना कोरियाली र ४ जना नेपाली टोली हावाहुरीसँगै आएको हिमपहिरोमा परेको स्थानीयको र आठै जनाको मृत्यु भएको आरोहणदलमा रहेका एक नेपाली सदस्यका दाई प्रेमप्रसाद छन्यालले जानकारी दिए।
उनले भने ‘ घटनामा आठ जनाको शव देखिएको छ, उद्दारका लागि हेलिकोप्टर गएकोमा अहिले फर्किएको छ, फेरि अर्को हेलिकोप्टर उद्दारका लागि आउन लागेको छ, ९ जनामध्ये ८ जनाको शव भेटिएको भने एकको खोजी जारी छ।’ शुक्रबार राति हिमपहिरो गएको जनाकारी प्राप्त भएपछि प्रहरीलाई खबर गरिएको थियो।
काठमाडौंको प्रोजक्ट ओए नामक एजेन्सी मार्फत टोली हिमाल आरोहणका लागि प्रस्थान गरेको थियो। पर्यटन विभागबाट ६० दिनभित्र हिमाल आरोहणको अनुमती पाएका टोलीले गुर्जा हिमालको दक्षिणी मोहोडाबाट आरोहण गर्ने गरी आधार शिविरतर्फ लागेको थियो।
सम्बन्धित खबर
पत्रकार महासंघ कास्कीमा चौतारी यूनियनबाट माधव र सेन्टर समाजवादीबाट राजेन्द्रको प्यानल
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
रवि लामिछानेलाई पोखरा ल्याइयो
सञ्चारकर्मी एवं लेखक पुर्जाको चौँथो कृति ‘नेपाली सुरकर्मी र सिर्जना’ को लोकार्पण
पोखरामा राधेगुरु शोभाकान्त ढकाललाई सम्मान
गण्डकीका भौतिक पूर्वाधारमन्त्री केसीले सार्वजनिक गरे सय दिनको काम
यो पनि पढौँ
सुनचाँदीको मूल्य घट्यो
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ