लेखनाथ । नेपालीहरुको महान पर्व विजयादशमीको अवसर पारेर लेखनाथमा सिनियर मिनि म्याराथनको आयोजना हुँदैछ । शनिबार आयोजना हुने म्याराथन खोलाको डिलबाट शुरु भई अर्घौं, खराने हुँदै पुनः खोलाको डिलमा पुगेर ३ किमि को दुरी पूरा गरी सम्पन्न हुनेछ ।
‘विकास अनुशासन र गतिशिलता, स्वस्थ समाज हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ स्थानीय सृजनशिल युवा कलव पोखरा–२७ ले प्रतियोगिताको आयोजना गरेको हो ।
म्याराथनमा प्रथम हुने महिला र पुरुषले नगद ५,५ हजार, द्धितीय हुने महिला र पुरुषले नगद ३/३ हजार, तृतीय हुने महिला र पुरुषले नगद २/२ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
खेल संस्कृतिको विकास र स्वास्थ्य प्रति जनचेतना फैलाउने उद्धेश्यले आयोजना गरिएको म्याराथुनमा सहभागी हुनको लागि महिलाको हकमा ३० वर्ष माथीको हुनुपर्ने र पुरुषको हकमा ३५ वर्षमाथिको हुनुपर्ने आयोजकले जनाएको छ ।
कार्यक्रम सम्पन्न गर्नको लागि ५० हजार खर्च लाग्ने र निःशुल्क दर्ताको व्यवस्था गरिएको पनि आयोजकले जानकारी दिएको छ ।
सम्बन्धित खबर
लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
एमाले नेता अर्जुनलाई मातृशोक
स्याङ्जामा विविध कार्यक्रमसहित संविधान दिवस मनाइयो
संविधान दिवस : तिलडाँडा सामुदायिक वन वाटिकामा वृक्षारोपण
नेपालमै पहिलो पटक पोखरामा इन्टरनेशनल बलुन फेस्टिभल हुने
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग