पोखरा नगरबसको ढोकाबाट खस्दा बृद्धा घाइते

पोखरा नगरबसको ढोकाबाट खस्दा बृद्धा घाइते

Bus-pokhara

पाेखरा २६ असाेज । गुडिरहेकाे नगर बसकाे ढाेकाबाट खसेर पोखरामा एक महिला घाइते भएकी छन् । पाेखरा महानगरपलिका-२ बरपाटन बस्ने ६५ वर्षकी महालक्ष्मी बज्रचार्य बसको ढोकाबाट खसेर घाइते भएकी हुन् ।

पोखरा महानगरपालिका-११ फुलबारी ब्यारेक पछाडि ग१ख ६५६४ नं. को बसबाट उनी एक्कासी खसिन् । उनलार्इ उपचारको लागि मणिपाल शिक्षण अस्पताल पठाईएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ