पोखरा लेकसाइडमा नेपालीलाई छुरा हान्ने अष्ट्रियाका नागरिक यिनै हुन्

पोखरा लेकसाइडमा नेपालीलाई छुरा हान्ने अष्ट्रियाका नागरिक यिनै हुन्

cover

पोखराको लेकसाईडमा नेपालीलाई छुरा हान्ने अष्ट्रियाका नागरिक पक्राउ परेका छन् । सेदी खहरेमा पोखराका शिव श्रेष्ठमाथि छुरा प्रहार भएको थियो ।

घटनामा संलग्न इडर डोमिनिक(पासपोर्ट नम्बर ३०७१६७१) लाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए । घटनापछि उनी फरार थिए । सेदीकै एक होटलमा लुकेर बसेको अवस्थामा बैदाम प्रहरीले फेला पारेको थियो । दुई रातसम्म खोजी गर्ने क्रममा उनलाई सोमबार बेलुकी साढे ७ बजेतिर पर्खाल नाघेर भाग्दै गर्दा पक्राउ गरिएको प्रहरी बताउँछ ।

छुरा प्रहारबाट घाईते ४० वर्षीय श्रेष्ठको पोखरा स्थित चरक अस्पतालमा आइसियूमा उपचार भैरहेको छ । सामान्य अनुसन्धानबाट लेनदेनको घटना हुन सक्ने अुनमान गरिएको छ ।

अष्ट्रियन नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ