साफ यू १८ महिला च्याम्पियनसिपमा नेपाल फाईनलमा पुगेको छ । शुक्रबार भएको सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ३–१ गोलले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकर पुगेको हो ।
भुटानको चाङलिमिथाङ रंगशालामा नेपालका लागि पहिलो हाफमा फरवार्ड रश्मी कुमारी घिसिङले गोल गरेकी थिइन् । अर्की फरवार्ड रेखा पौडेलको थ्रु पासलाई सदुपयोग गर्दै उनले पेनाल्टी क्षेत्रभित्र बाट सहजै गोल गरेकी हुन् । नेपालले पहिलो हाफमा १–० को अग्रता लिएको थियो ।
दोस्रो हाफको ६२ औं मिनेटमा भारतले गोल फर्कायो । भारतकी कप्तान समिक्षाले बायाँ विङ्गसबाट आएको फ्रिकिकमा ६ यार्ड बक्सभित्रबाट हेडरमार्फत सहज गोल गरेकी थिइन् । त्यसअघि नेपाली गोलरक्षक अन्जना रानामगरले दोस्रो हाफको सुरुआतमै वन भर्सेस वनमा राम्रो बचाउ गरेकी थिइन् ।
नेपालका लागि अन्जना रानामगरले दुई प्रहार बचाइन भने भारतको एक प्रहार क्रसबारमा लागेको थियो । नेपालका लागि पुजा रानाको प्रहार सफल हुन सकेन । गोलरक्षक अन्जना, रेखा पौडेल र मनिषा राउतले गोल गरेका थिए ।
नेपाल समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो । भारतले समूह चरणमा दुवै खेल जित्दै समूह ‘ए’ को विजेता भएको थियो । नेपालले समूह चरणको खेलमा पाकिस्तानलाई १२–० ले पराजित गर्दा बंगलादेशसँग भने २–१ ले पराजित भएको थियो ।
सम्बन्धित खबर
चीनका याङ र झेङ बने तेस्रो अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड च्याम्पियन
वर्ल्ड बडी बिल्डिङमा तीन नेपालीले जिते रजत पदक
टेबल टेनिसमा नेपाललाई पदक दिलाएकी सेलिशा खड्कीको निधन
भोलिदेखि पोखरामा ‘क्रस कन्ट्री दौड’सहितका विविध कार्यक्रम
एक वर्षपछि फुटबलमा पुनरागमन गरेका नेयमार फेरि घाइते
अन्तिम खेलमा जितेपनि गण्डकी तेस्रो हुँदै बाहिरियो, सुदूरपश्चिम फाइनलमा
यो पनि पढौँ
तनहुँको याम्पाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु
सत्रकिलो बस दुर्घटनामा पोखरा बस्ने एकसहित ५ जनाको मृत्यु, एक गम्भीर [अपडेट]
शौच गर्न जाँदा मुग्लिनबाट बेपत्ता भएकी छात्रा नारायणीमा मृत भेटिइन्
भैलो खेलिरहेको स्थानमा बस गुड्दा २ जनाको मृत्यु, ३५ जना घाइते