पोखराको पालिखेचोक यस्तो खुल्ला भयो, बाँकी घरहरु पनि भत्काइयो (फोटो फिचर)

पोखराको पालिखेचोक यस्तो खुल्ला भयो, बाँकी घरहरु पनि भत्काइयो (फोटो फिचर)

Palikhechowk (1)

पोखरा । अब पालिखेचोक फराकिलो हुने भएको छ । भत्काइएका घरहरु महानगरपालिको चाँडै पन्छाए भने साँघुरो पालिखेचोक अब फराकिलो हुनेछ ।

चार दशक अघिदेखि विवादमा रहेका पालिखेचोकका घरहरु दुई महिना अघिदेखि भत्काउन सुरु गरिएको हो। वसन्त उदास, मिश्री उदास र दुधमान उदासको नाममा रहेको घर साउन दोस्रो साता भत्काइएको थियो । ओजोन बुक्स रहेको घर आज भत्काइएको हो ।

वडा नम्बर ३ अन्तर्गत पालिखेचोकको सडक मापदण्डभित्र परेका र नयाँ घर बनाउनसमेत नमिल्ने जग्गामा रहेको घर भत्काउन यसअघि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमै मुआब्जा निर्धारण समितिले गरेको निर्णयअनुसार काम अगाडि बढाइएको हो । लामो समयदेखि विवादित रहेको पालिखेचोकका घर भत्काउन प्रयास गरिए पनि सफल हुन सकेको थिएन ।

साँघुरो चोक भएकाले पालिखेचोकमा गाडी जामको समस्यासमेत बढ्दै गइरहेको थियो । ४ दशकअघि नै तत्कालीन अञ्चलाधीश शंकर पाठकले पनि ती घर भत्काएर सडक फराकिलो बनाउन खोजेको जानकार बताउँछन् । स्थानीयको बिरोधका कारण सम्भव भएको थिएन । त्यसपछि पोखरा उपत्यका नगर विकास समितिले पटकपटक यी घर भत्काउने प्रयास गरेका थिए ।

पोखरा नगरपालिकादेखि उपमहानगरका जनप्रतिनिधीको प्रयास पनि सफल भएन । तर अहिले भने जनप्रतिनिधीको काममा स्थानीयले पनि सहयोग गरे ।

तस्विरः राज गुरुङ, रविन्सन प्रजु

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ