पोखरेली न्युज नाइट आज, नविन के. भट्टराई र अतृप्त ब्याण्डले तताउने

पोखरेली न्युज नाइट आज, नविन के. भट्टराई र अतृप्त ब्याण्डले तताउने

night

पोखरेली न्युज साप्ताहिकले सांगीतिक माहोलका बीच आफ्नो पहिलो स्थापना बर्ष मनाउँदैछ । दिव्यश्री बैंक्वेट बाजेको सेकुवामा आज शुक्रबार बेलुकी कार्यक्रम हुन लागेको हो ।

पोखरेली न्युज नाइट मार्फत गायक नविन के भट्टराई तथा अतृप्त व्याण्डले सांगितिक माहोल तताउने पत्रिकाका प्रबन्ध निर्देशक खेमबहादुर गुरुङ्ग उत्तमले जानकारी दिए । ‘कार्यक्रमको सबै तयारी पुरा भइसकेको छ । अब हामी कार्यक्रमको पर्खाइमा छौं ।’ कार्यक्रम संयोजक सुदिप पौडेलले भने ।

स्थापनाको एक वर्ष पुरा भएको अवसरमा गर्न लागिएको कार्यक्रममा नेपालका ख्याती प्राप्त गायक नविन के भट्टराईले ५० देखि ६०को दशकका आफ्नो लोकप्रिय गीत सुनाउने छन् ।

कार्यक्रमलाई सम्पन्न गर्नका लागि पत्रिकाका सल्लाहकार सुदिप पौडेलको संयोजकत्वमा बिभिन्न उपसमिती बनाइएको छ । जसमा आतिथ्य सत्कार तथा पत्राचार संयोजक एकराज गिरी, अर्थ व्यवस्थापनमा बिरेन्द्र कुँवर र राजु कुँवर तोकिएको छ । यस्तै स्टेज तथा साउण्डमा किरण वानिया, कलाकार व्यवस्थापनमा सन्जय मल्ल, स्वयम सेवक परिचालन उपसमितीमा साबित्री खत्री क्षेत्री रहेका छन् । यसै गरि जलपान व्यवस्थापनमा श्याम मल्ल तथा प्रचार उपसमितीमा नवराज दाहाल रहेका छन् ।

गत वर्ष असोजबाट पहिलो अंक प्रकाशन शुरु गरेको पत्रिकाले केही समयको तयारी पछि नियमित प्रकाशन आराम्भ गरेको थियो । पत्रिकाको अनलाइन संस्करण पनि रहेको छ । पत्रिकाले छिट्टै अनलाइन रेडियो तथा अनलाईन टिभी पनि शुरु गर्न लागेको पत्रिकाका सम्पादक सञ्जय मल्लले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ