को हुन् नेपाल आइडलका क्युट हिरो कृशल कडेल ? धादिङे ठिटोले नेपाल आइडलमा दिएका प्रस्तुति यस्ता छन्

को हुन् नेपाल आइडलका क्युट हिरो कृशल कडेल ? धादिङे ठिटोले नेपाल आइडलमा दिएका प्रस्तुति यस्ता छन्

Krishal

नेपाल आइडल प्रथम संस्करणको विजेता धादिङ घर भई पोखरा बस्ने बुद्ध लामाले जिते । अहिले झनै सम्भावना बोकेका धादिङकै ठिटो कृशल कडेल नेपाल आइडल सिजन २ मा होमिएका छन् ।

हजारौं प्रतिष्पर्धीबाट उत्कृष्ट ११ सम्म उनी निर्णायकसँगै दर्शकको मन जित्दै आएका छन् । थिएटर राउन्ड, पियानो राउन्ड हुँदै यति बेला नेपाल आइडल सिजन २ मा गला राउन्ड भइरहेको छ । गला राउण्डसँगै नेपाल आइडलमा दर्शकको भोटिङको पनि सुरु भइसकेको छ। टप १२ बाट दर्शकको समेत निर्णय अधिकार रहेकोमा एक चरण पार गरिसकेको अवस्था छ ।

https://www.facebook.com/dhading1/videos/688028358239768/

निर्णायक मध्ये पनि ईन्दिरा जोशीको फेभरेट कृशलले सबै निर्णायकको वाहवाही त पाइनै रहेका छन् । क्युट, स्माइली फेस, हिरो भन्दै उनका फ्यानहरु ह्वात्तै बढेका छन् । हाँसी हाँसी जुनै गीत पनि सजिलो तरिकाले उदित नारायण झाको स्टायलमा गाउन सक्ने भन्दै उनको चर्चा हुने गरेको छ ।

https://www.facebook.com/dhading1/videos/1952523305045679/

कक्षा ११ मा पढने कृशल २ महिनादेखि बन्द घेरामा छन् । घरपरिवारबाट टाढा हुनु बाहेक अरु चिन्ता छैन उनलाई । प्रतिष्पर्धी दाइ दिदीहरुको माया उत्तिकै छ । किनकी उनी कान्छो प्रतिष्पर्धी हुन् ।

https://www.facebook.com/dhading1/videos/2251336815095384/

संगीतसम्बन्धी कुनैपनि औपचारिक ज्ञान नलिएका कृशलले लैबरी सिंगिङ स्टारमा सहभागी हुँदा नै फस्र्ट रनरअपको उपाधि जितेका थिए । धादिङ सल्यानकोट स्थायी घर भई पछिल्लो समय धादिङवेशी स्थित घरमा बस्दै आएका कृशल काठमाण्डौमा पढ्छन् । निलकण्ठ माविबाट पढाई पुरा गरी बाफल स्थित ज्ञानोदयमा सिभिल इञ्जिनियरिङ पढाई सुरु गरेका छन् । कृशलका बुबा मोहन कडेल निलकण्ठ क्याम्पस धादिङका प्राध्यापक हुन् । परिवारमा आमा र दाइ कुशल छन् ।

https://www.facebook.com/dhading1/videos/468259976994918/

अब संगीतका विशेष कक्षाहरु लिएर अघि बढदैे संगीतमै भविष्य देखेका कृशलको एउटै लक्ष्य छ नेपाल आइडल बन्ने । उनी भन्छन्ः मेरो प्रयासमा म गला राउण्डसम्म आइसकेको छु । अब मेरो प्रयासमा निर्णायकहरुको अधिकार आधा हो, अरु सबै दर्शक श्रोता समर्थकको हातमा छ । फाइनलमा पुग्नेबेलासम्म मेरो आधा, दर्शकको आधा । त्यसपछि सबै दर्शकको हातमा ।

https://www.facebook.com/dhading1/videos/174013823512860/

https://www.facebook.com/dhading1/videos/1152761048210598/

कृशललाई भोट गर्न हरेक विहीबार राति ८ः४५ बजेदेखि भोलिपल्ट शुक्रबार दिउँसो १२ बजेसम्म 05 लेखेर 31009 मा पठाउनुपर्नेछ ।

https://www.facebook.com/dhading1/videos/304273787051780/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ