प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका विरष्ठ नेता माधव कुमार नेपालसँग भएको छेडखानीबारे फेरि पटाक्षेप गरेका छन् । दुई साता लामो अमेरिका भ्रमण सकेर फर्कने क्रममा उनले नेपाललाई घोचपेच गरेका हुन् ।
नेपालले ओलीलाई लक्षित गर्दै ‘देश डुब्न लाग्यो’ भनी दिएको अभिव्यक्तिमाथि ओलीले व्यंग्य गरेका हुन् । ‘उहाँले कवितात्मक ढंगले पुरानो गीत सम्झनुभएछ,’ ओलीले भने, ‘तर यसलाई विषय बनाउनुपर्ने केही कारण थिएन ।’
नेपालसँग सम्बन्ध बिग्रनसक्ने आशयसहित पत्रकारले सोधेको प्रश्नमा उनले नेता नेपालसँग २०२९ सालदेखि राम्रो सम्बन्ध र मित्रता भएको स्मरण गरे । साथै पछिल्लो टिका टिप्पणीबाट सम्बन्ध बिग्रनसक्ने चिन्ता नगर्न आग्रह पनि गरे ।
सरकारको गति र लक्षण आम जनताले देखेको भन्दै आफ्नो अमेरिका भ्रमण उपलब्धिपूर्ण भएको उनको भनाइ छ
सम्बन्धित खबर
सरकार बीआरआई सम्झौता गरिहाल्नुपर्छ भन्नेमा छैन: सञ्चारमन्त्री गुरुङ
अवरुद्ध राहदानी सेवा सञ्चालन,आजदेखि परीक्षणको काम सुरू
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
अहिलेको सरकार जनताको सरकार हो, मेरो कोही छैन भन्नेका निम्ति राज्य छ: प्रधानमन्त्री ओली
चीनसँग ऋणसम्बन्धी सम्झौता नहुने
दुर्गा प्रसाईँ अस्पतालबाट हिरासत फिर्ता
यो पनि पढौँ
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
आज पनि तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम