पोखराका २७ बर्षिय बिरामी युवक वेपत्ता, संगीता चिन्तित

पोखराका २७ बर्षिय बिरामी युवक वेपत्ता, संगीता चिन्तित

missing suraj nepali

पोखरा– पोखरा महानगरपालिका ६, लेकसाईड घर भएका २७ बर्षिय सुरज नेपाली एक सातादेखि वेपत्ता भएका छन ।

केहि महिनादेखि पोखराकै बिरौटास्थित डेरामा बस्दै आएका उनी गत १० गते राति खाना खाएर सुतेकोमा बिहान उठ्दा नभेटिएका परिवारले बताएका छन । ‘राति खाना खाएर दश बजेसम्म टिभी हेरेर सुत्न जानुभएको थियो,’ श्रीमति संगिताले भनिन ‘बिहान उठ्दा ढोका खुल्ला थियो । चारैतिर खोजियो कहि कतै फेला पार्न सकिएन ।’

गहुँगोरो बर्णका सुरजले घरबाट निस्कदा सेतो हाफ पाईन्ट, रातो र सेतो मिक्स टिसर्ट र कलेजी रङ्गको चप्पल लगाएका श्रीमति संगिताले बताईन । अन्दाजी पाँच फुट पाँच ईन्च अग्लो सुरजको दाहिने खुट्टाकाृ पिडौलामा काटेको खत भएको परिवारले बताएका छन ।

सुरजले तीन बर्षअघिदेखि मानसिक सन्तुलनमा समस्या देखिएकोले त्यसको औषधि सेवन गरिरहेका परिवारले वताएका छन । उनी कहि कतै बाटोमा असामान्य अवस्थामा भेटिएमा नजिकको प्रहरी चौकी वा फोन नं ९८०६६५८२५९ र ९८०४१४४००१ मा खवर गरिदिन वुवा होमबहादुरले सबैसँग अनुरोध गरेका छन । परिवार र आफन्तले पोखरा आसपासका क्षेत्रमा दिनरात खोजि गर्दा पनि फेला नपरेपछि निरास बन्न पुगेका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ