प्रसिद्ध समाजसेवी एवम् तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले निर्मला कान्ड जस्ता धरै काण्डहरु रहस्यको गर्भमा रहेको बताएकी छन् ।
ट्रिटन इन्टरनेसनल कलेजले आयोजना गरेको तीन दिने सोसियल वर्क मेलाको बुधबार उद्घाटन गर्दै क्रममा कोइरालाले भनिन्, ‘अहिले एउटा निर्मला कान्ड बाहिर आएको छ । तर यस्ता धेरै निर्मला कान्ड हाम्रो समाज भएका छन्, जो रहस्यको गर्भमा छन् ।’ बलात्कार रोक्नका लागि पुरुष मानसिकतामै परिवर्तन आउनुपर्ने उनको भनाइ छ ।
कोइरालाले बलात्कारविरुद्धको अभियानमा सिंगो समाज र राष्ट्र नै जाग्नुपर्ने बताइन् । उनले भनिन्, ‘हामीले छोरीलाई जोगाउने चिन्ता मात्रै गरेर हुँदैन । हाम्रा हामीले घरघरमा छोराहरुलाई बलात्कार नगर भनेर सम्झाउनुपर्यो ।’ उनले बलात्कारजस्तो जघन्य अपराधमा राज्यको शून्य सहनशिलता हुने बताइन् ।
कोइरालाले ट्रिटन कलेजले सामाजिक अभियानको आयोजनामा जारी ‘सोसल वर्क मेला’लाई सम्बोधन गर्दै आफू पनि लैंगिक भेदभावको मानसिकतामा रहेको बताइन् । ‘यस्ता घटनामा छोरी मान्छे मात्र होइन, पुरुष पनि उत्तिकै सजग हुन जरुरी छ,’ उनले भनिन् ।
सम्बन्धित खबर
राउटे युवक वृषबहादुरको मृत्यु, जनसङ्ख्या १३४ मा झर्यो
संविधान संशोधनमा कांग्रेस-एमाले गम्भीर बने हामी पनि भाग्दैनौँ : प्रचण्ड [अन्तर्वार्ता]
संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ: प्रधानमन्त्री ओली
आजदेखि धरहरा चढ्न पाइने, हाललाई प्रवेश निःशुल्क
आज संविधान दिवस हर्षोल्लासका साथ मनाइँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग