काठमाडाैं : ‘बलात्कारी ‘बुढा’हरुले जेल भरिने भयो, ७८ वर्षका ‘सब्जी बाजे’ जिल्ला कारागारमा पुग्दा त्यहाँ मजाक चल्दै थियो। असोज ११ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेपछि १३ वर्षीया नातिनी बलात्कार काण्डका आरोपी सब्जीबाजे कारागार चलान भएका हुन्। नेपालगञ्ज कारागारले जेष्ठ नागरिक अर्थात बृद्धहरुलाई छुट्टै ठाउँमा राख्ने गर्दछ। सबै थुनुवासँग होइन कि बृद्धहरुलाई राख्न छुट्टै टहरा बनाइएको छ।
७८ वर्षका सब्जीबाजे कारागारको टहरामा पुग्दा ८० काटेका काल्चे दमाई र ७५ काटेका नैने दमाई त्यही थिए। यी दुईबीचमा आफूजस्तै कपाल फूलेका साथी सब्जीबाजे थपिए। काल्चे र नैने पनि ‘बलात्कार’ काण्डमा कारागार पुगेका हुन्। काल्चेले तीन वर्षअघि छिमेकी बालिकालाई घरमै बोलाएर जबरजस्ती गरेका थिए।
आमा काम विशेषले छिमेकीको घरमा गएको बेलामा काल्चेले बालिकालाई जबरजस्ती गरेका थिए भन्ने खबर नेपाल समाचारपत्र दैनिकमा खबर छ। साथीहरुसँग खेलिरहेकी बालिकालाई काल्चेले फकाएर आफ्नो घरमा लगेका थिए। यो घटनालाई मिलाउनका लागि काल्चेका तर्फबाट धेरै प्रयास भएको थियो । पीडित परिवारलाई ‘आर्थिक’ प्रलोभन देखाइएको थियो । बालिकाकी आमाले पैसाको प्रलोभन स्वीकार गरिनन् । अन्ततः काल्चे ६ वर्षका लागि कारागार पुगे ।
नैने पनि बलात्कार काण्डमा १० वर्षका लागि कारागारमा पुगेका छन् । यीनलाई जिल्लाले पाँच वर्ष सजाय तोकेकोमा पुनरावेदनले थप पाँच वर्ष थपिदिएको थियो । नेपालगञ्ज कारागारका निमित्त जेलर श्याम लामिछानेका अनुसार, बलात्कारी थुनुवाहरु संख्याको हिसावले नेपालगञ्ज कारागारमा तेस्रो नम्बरमा परेका छन्।
कारागारमा लागु औषध, कर्तब्य ज्यानपछि बलात्कारी थुनुवाको संख्याको अधिक रहेको छ। निमित्त जेलर लामिछानेले असोज १ गतेको तथ्यांकमा एक सय ५ जना बलात्कारी थुनुवा रहेको जानकारी दिए। उनले त्यसपछि पाँच जनाबढी थपिएको बताए। नेपालगञ्ज कारागारमा ६ सय ८५ जना बन्दी छन् । त्यसमा दुई सय पचास लागु औषधमात्रै छन्। कर्तब्य ज्यान, बलात्कारपछि मानव बेचबिखन, अपहरण र चोरीका थुनुवा धेरै छन्। अढाई सय क्षमताको कारागारमा ६ सय ८५ जना बन्दीलाई कोचेर राखिएको छ।
सम्बन्धित खबर
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
पोखरा १५ मा स्वास्थ्य शिविर, २ सय बढी महिलाको स्वास्थ्य परीक्षण
सरकारी निकायहरूमा आधिकारिक भाषा प्रयोग, भाषिक पुनरुत्थान र भाषिक–सामाजिक न्याय विषयक गोष्ठी सम्पन्न
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते