पोखरामा यतिको ७२ सीटे ठूलो एटिआर जहाज उडान शुरु

पोखरामा यतिको ७२ सीटे ठूलो एटिआर जहाज उडान शुरु

Yeti

पोखरा । निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले पोखरामा ठुलो जहाज एटिआर ७२–५०० उडान शुरु गरेको छ ।

यतीले काठमाडौं–पोखरा–काठमाडौं रुटमा बुधबार उडान शुरु गरेको हो । यतीले पछिल्लो पटक ल्याएको ७२ सिट क्षमता भए पनि पोखरामा ६० जना ल्याउने छ ।

पर्यटकीय सिजन शुरु भए सगँ यात्रुको संख्या बढेकाले ठुलो जहाजबाट सेवा शुरु गरेको यतीका एयरलाइन्सका सञ्चार अधिकृत भीमराज राईले जानकारी दिए । उनले बुधबार मात्रै बिहान ७ र ९ बजे दुईवटा उडान एटिआर ७२–५०० बाट गरेका जानकारी दिए ।

उनले आवश्यकता अनुसार उडान थप्न गर्दै जाने बताए । एटिआर बाहेक यतीले ३० सिट क्षमताको जेटस्ट्रिम ४१ जहाजबाट पनि अरु उडान गर्ने उनले बताए । यतीले यतिबेला काठमाडौं–पोखरा–काठमाडौं रुटमा दैनिक १० वटासम्म उडान नियमित गर्दै आएको छ । बुद्ध एयरले यस अगाडी नै काठमाडौं पोखरा रुटमा एटिआर ७२ उडान भर्दै आएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ