काठमाडौं–सरकारले सबै प्रदेशमा प्रशासकीय अदालत स्थापना गर्ने भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सरकारले सबै प्रदेशमा प्रशासकीय अदालत विस्तार गर्न लागेको जानकारी दिएका हुन् ।
प्रशासकीय अदालत दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले न्यायमा सबैको पहुँच पु¥याउन सरकारले सबै प्रदेशमा प्रशासकीय अदालत स्थापना गर्नेगरी प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गरेको पनि बताए ।
मन्त्री ढकालले सर्वोच्च अदालतमा कर्मचारी सुरुवा, बढुवा सम्बन्धि मुद्दाको चाप घटाउन पनि सरकारले सबै प्रदेशमा प्रशासकीय अदालत स्थापना गर्ने योजना अघि सार्नु परेको पनि स्पष्ट पारे ।
उनले न्याय सेवालाई प्रभावकारी बनाउन सरकारले सक्दो पहल गरिरहेको दावी पनि गरे ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
आज पनि तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम