युवतीलाई जबर्जस्ती गर्न खोजेपछि डेण्टल ल्याब टेक्निसियन शाह प्रहरी खोरमा

युवतीलाई जबर्जस्ती गर्न खोजेपछि डेण्टल ल्याब टेक्निसियन शाह प्रहरी खोरमा

saaha

पोखरा, १६ असोज । युवतीलाई यौन दुव्र्यवहार गरेको आरोपमा डेण्टल ल्याव टेक्निसियन सन्नी शाहलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पोखराको एक डेण्टल क्लिनिकमा काम गर्ने महिलालाई यौन दुव्र्यवहार गरेपछि पीडितले दिएको उजुरीको आधारमा सर्लाही सुन्दरपुर गाउँपालिका वडा नम्बर ४ घर भई हाल पोखरा गणेशटोल बस्ने ३० वर्षीय सन्नी शाहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिए ।

सन्नीले विगत ६ महिनादेखि युवतीलाई बाराम्बार यौन दुव्र्यवहार गर्न प्रयास गर्ने गरेको र पछिल्लो समय असोज १३ गते जबर्जस्ती गर्न खोजेपछि पीडितले उजुरी दिएको र उजुरीको आधारमा शाहलाई पक्राउ गरेको हो ।

पक्राउ परेका शाहलाई सोमबार म्याद थप गरी मुलुकी अपराध संहिता २०७४ को दफा २२४ बमोजिम मुद्धामा आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिए ।

पछिल्लो समय यस्ता घटनाहरु बढिरहेकाले कोहि कसैले गलत मनशायले जबर्जस्ती गर्न खोजेमा नजिकको प्रहरी कार्यालय वा १०० मा फोन गरी जानकारी दिन समेत कास्की प्रहरीले आग्रह गरेको छ ।

  • परिचय नेटवर्कबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ