कवाडी उठाउने राजकुमारलाई कसले हत्या गर्यो ? यस्तो अवस्थामा भेटिए (भिडियो)

कवाडी उठाउने राजकुमारलाई कसले हत्या गर्यो ? यस्तो अवस्थामा भेटिए (भिडियो)

youbak-hata-palakchok

पोखरा महानगरपालिका पालिखेचोक स्थित एक पुरानो खुल्ला टहरामा मंगलबार बिहानै एक पुरुषको शव भेटियो ।

पुरानो र मैलो कपडा लगाएका व्यक्तिलाई कसले मा¥यो होला ? निधारमा गहिरो चोट, नजिकै रगतको आहाल थियो । हत्या निश्चित थियो । केहि समयपछि स्थानीयले उनलाई कवाडी सामान बेच्दै हिँड्ने गरेको थाहा पाए । उनलाई राजकुमार भनेर बोलाइन्थ्यो । ३२ वर्षीय राजकुमारको थप नाम ठेगाना थाहा छैन ।

केहि दिन अघिदेखि सो क्षेत्रमा कवाडी सामानहरु बोक्दै आएको स्थानीयले बताएका छन् । हत्या भएको स्थानमा कवाडीको सामान सहितको वोरा र सेतो कपडामा रगत लतपतिएको अवस्था थियो । उनको शव पोष्टमार्टमा लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार उनको निधारमा गहिरो चोट लागेपछि टाउकोमा पट्टी बाँधेका कारण घटना नजिकै अर्को ठाउँमा भएको हुनसक्छ । घटना पछि उनी कवाडीको बोरा बोकेर त्यहाँ सम्म आएको हुन सक्ने अनुमान छ । बढि रगत बगेपछि रगत कम हुँदा मृत्यु भएको आशंका छ ।

परिवार नभएका, असहाय व्यक्ति भएका कारण हत्या भएको पुष्टि हुँदा हुँदै अपराधमा संलग्न खोजी कार्यलाई प्रहरीले गम्भिर रुपमा अनुसन्धान नगर्ने हो कि ? भन्ने स्थानीयमा आशंका छ । नदिपुर क्षेत्रका बासिन्दाहरु त्रसित भएका छन् ।
‘जिउँदो मान्छेलाई रातको समयमा यसरी मारिएको छ । भोलि जो पनि पर्न सक्छन् । प्रहरीले अत्यन्त गम्भिर रुपमा अनुसन्धान गरोस् । अनाथ असहाय भएपनि मृत आत्माको शान्तिका लागि अपराधीले सजाय भोग्नैपर्दछ ।’ स्थानीयको एक स्वर छ ।

कवाडी बेचेर संकलन गरेको रकमका लागि सडकमा बस्ने किशोरहरुप्रति प्रहरीको आशंका छ । रातको समयमा चोरी तथा लुटपाट, कुटेर सामान लिने घटना नौलो होईन । प्रहरीले गम्भिर रुपमा अनुसन्धान गरी दोषीलाई पक्राउ गरी सजायका लागि न्यायलयमा उपस्थित गराओस् भन्ने स्थानीयको माग छ ।

https://www.facebook.com/gandaknews/videos/2128425237424847/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ