पोखरा महानगरपालिकालाई बढी कर नउठाउन उच्च अदालत पोखराको अन्तरिम आदेश

पोखरा महानगरपालिकालाई बढी कर नउठाउन उच्च अदालत पोखराको अन्तरिम आदेश

Pokhara lekhnath

पोखरा, १६ असोज । एकीकृत सम्पति कर उठाउन पोखरा महानगरपालिकालाई उच्च अदालत पोखराले तत्कालका लागि रोकेको छ । गत वर्षको तुलनामा उच्च दरमा कर संकलन गरेपछि ज्ञानबहादुर कोइराला अदालत पुगेका थिए ।

सोहि मुद्धाको सुनुवाई गर्दै मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश वीरबहादुर डाँगीको संयुक्त इजलासले मंगलबार मुद्धाको अन्तिम टुंगो नलागेसम्म ऐनले तोकेभन्दा बढी सम्पति कर लिन नपाउने अन्तरिम आदेश जारी गरेको हो ।

पक्षमा वरिष्ठ अधिवक्ता तिलक पराजुली, अधिवक्ताहरु गोविन्द पौडेल र सुरेन्द्र थापा मगरले बहस गरेका थिए । प्रत्यर्थीका तर्फबाट अधिवक्ता नारायण प्रसाद शर्माले बहस गरेका थिए ।

उत्प्रेषण मिश्रित परमादेश यस्तो छः

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ