देवघाट १ गण्डकी प्रदेशकै तेस्रो पूर्ण सरसफाइयुक्त वडा

देवघाट १ गण्डकी प्रदेशकै तेस्रो पूर्ण सरसफाइयुक्त वडा

Sarsaphai_abhiyan_4_EoYFFZqKEs

तनहुँको देवघाट गाउँपालिका–१ लाई गण्डकी प्रदेशकै तेस्रो पूर्ण सरसफाइयुक्त वडा घोषणा गरिएको छ ।

नियमितरुपमा चर्पीको प्रयोग, साबुन पानीले हात धुने, पिउने पानीको सुरक्षित व्यवस्थापन र शुद्धीकरण, व्यक्तिगत सरसफाइ तथा स्वच्छतामा सुधार तथा घरभित्र र बाहिरका फोहरमैलाको उचित व्यवस्थापनलगायतका मापदण्ड पूरा भएपछि उक्त वडालाई पूर्ण सरसफाइयुक्त घोषणा गरिएको हो ।

यसअघि तनहुँकै भानु नगरपालिका–१३ लाई पहिलो र देवघाट गाउँपालिका–२ लाई दोस्रो पूर्ण सरसफाइयुक्त वडा घोषणा गरिसकिएको छ । देवघाट गाउँपालिका–१ लाई पूर्ण सरसफाइयुक्त वडा घोषणा गर्दै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले स्वास्थ्य र सरसफाइमा नागरिक पूर्ण सचेत बन्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले घोषणा गर्नु मात्रै ठूलो कुरा नभएकाले यसलाई निरन्तरता दिनु चुनौती रहेको बताउनुभयो । पाँच सय १८ घरधुरी रहेको वडाका हरेक घरधुरीले पूर्ण सरसफाइका सबै सूचक पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ