पोखरामा हुने पीपीएल अक्सन: यी हुन् सबैभन्दा महँगा ७ खेलाडी, को-को बिके ?

पोखरामा हुने पीपीएल अक्सन: यी हुन् सबैभन्दा महँगा ७ खेलाडी, को-को बिके ?

cricket

पोखरामा आगामी कात्तिक ९ देखि २० गतेसम्म आयोजना हुने पोखरा प्रिमियर लिग ९पीपीएल० टी(२० लिगको प्लेअर अक्सन (खेलाडी लिलामी) मा राष्ट्रिय टिमका ७ खेलाडी सबैभन्दा धेरै रकममा बिक्री भएका छन्।

६ टिमको मार्की प्लरअरको रुपमा रहेका ६ जना खेलाडी बाहेक अन्य ७ खेलाडी सर्वाधिक २ लाख ५० हजार रकममा अनुबन्ध भएका हुन्।

जसअन्तर्गत बसन्त रेग्मी, सागर पुन, अनिल कुमार शाह, करण केसी, विनोद भण्डारी, आरिफ शेख र रोहित कुमार पौडेललाई सर्वाधिक भाउमा बोली लागेको थियो। यी सबै खेलाडी सिनियर राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी थिए। राष्ट्रिय टिममा रहेका मध्ये ललित भण्डारी २ लाखमा बुटवल ब्लास्टर्समा तथा ललित राजवंशी १ लाखमा पोखरामा अनुबन्ध भए। यस बाहेक राष्ट्रिय टिमबाट सन्यासको घोषण गरिसकेका भेट्रान स्पीनर शक्ति गौचनलाई चितवन टाइगर्सले अन्तिममा विचलिस्टमार्फत पेनाल्टी तिरेर लियो।

त्यसमध्ये चितवनले सबैभन्दा बढी तीन खेलाडी अनिल कुमार शाह, करण केसी र आरिफ शेखलाई लिन सफल भयो। यस्तै पोखरा पल्टनले रोहित पौडेल र विनोद भण्डारी, काठमाडौँ रोएल्सले बसन्त रेग्मी बुटवल ब्लास्टर्सले सागर पुनलाई किनेको हो।

यी सातै खेलाडीलाई एकभन्दा बढी टिमले बोली लगाएका थिए र अन्तिममा गोलपर्थाद्वारा टिम छनोट गरिएको थियो।

यसैगरी उमेर समूहको राष्ट्रिय टोलीबाट खेलेका मध्ये पवन सराफ, शहाब आलम, अमित श्रेष्ठ, भिम शार्की, कमल सिंह ऐरीलाई म्याक्सिमम प्राइज १ लाख ५० हजारसम्मको बोली लागेको थियो। जसमध्ये पवन र अमितलाई काठमाडौँले लिन सफल भयो भने शहाबलाई विराटनगरले, कमललाई धनगढी र भिमलाई बुटवलले लियो।

यस्तै कुनै पनि राष्ट्रिय टिमबाट नखेलेका मध्ये हरि बहादुर चौहान, अभिनास बोहरा र अमर सिंह राउटेला सबैभन्दा धेरै रकम १ लाखमा बिके। अभिनास हरीलाई बुटवलले तथा अमर लाई काठमाडौँले लिए।

कुन टिमले कुन खेलाडी कति रकममा लिए हेर्नुस्स्

विराटनगर टाईटन्स:

दिपेश श्रेष्ठ – ९० हजार

शाहब आलम – १ लाख ५० हजार

जितेन्द्र मुखिया -७५ हजार

राजेश पुलामी- १ लाख ५० हजार

किशोर महतो – ९० हजार

पुष्प थापा – ५० हजार

प्रदिप ऐरी – २ लाख ४० हजार

राजु रिजाल – ८५ हजार

जितेन्द्र सिंह ठकुरी – ७० हजार

सुनिल धमला -२ लाख २० हजार

रविन जोशी – ३० हजार

हिमान्सु दत्त – ५० हजार

बुटवल ब्लास्टर्स :

मो। संसद शेख- ६० हजार

सिदान्त लोहनी – १ लाख ६० हजार

हरि चौहान – १ लाख

ललित सिंह भण्डारी – २ लाख

शंकर राना – ८० हजार

पुरण बिक – ३० हजार

सागर पुन – २ लाख ५० हजार

हसिम अन्सारी -५० हजार

भिम सार्की – १ लाख ५० हजार

प्रकास केसी – ५० हजार

अविनाश बोहोरा – १ लाख

नितेश थापा – ३० हजार

बिपिन खत्री – ३० हजार

चितवन राइनोज:

अनिल कुमार साह – २ लाख ५० हजार

भुवन कार्की – १ लाख ५० हजार

राम नरेश गिरी – ८५ हजार

करण केसी – २ लाख ५० हजार

आरिफ शेख – २ लाख ५० हजार

सुमित महर्जन – ५० हजार

सोनु तामाङ – ८५ हजार

विनोद लामा – ७० हजार

हरि शंकर साह – ९० हजार

शक्ति गौचन – २ लाख ६२ हजार ५ सय ९ अक्सनमा बढी रकम खर्च गरेको कारण २५ प्रतिशत पेनाल्टी तिरेर लिएको)

एक्स्पर्ट धनगढी ब्लुज:

मन्जित श्रेष्ठ – ५० हजार

योगेन्द्र सिंह कार्की – १ लाख १० हजार

सन्तोस भट्ट – ९० हजार

रोबिन क्षेत्री – ६० हजार

सन्दीप सुनार – ९० हजार

कमल सिंह ऐरी – १ लाख ५० हजार

दिलीप नाथ – २ लाख ४० हजार

सागर ढकाल – १ लाख ३० हजार

सन्दीप जोरा – ९० हजार

फिर्दोष अन्सारी – ३० हजार

सौरभ खनाल – १ लाख

विक्रम ठगुन्ना – ३० हजार

सन्दीप रजाली – ३० हजार

काठमाडौं रोयल्स:

पवन सर्राफ – १ लाख ५० हजार

सुशन भारी – १ लाख ५० हजार

पृथु बास्कोटा – १ लाख २० हजार

अमर सिंह राउटेला – १ लाख

आदिल खान – ५० हजार

नरेश बुढाएर – २ लाख ३० हजार

नन्दन यादव – ५० हजार

बसन्त रेग्मी – २ लाख ५० हजार

अमित श्रेष्ठ – १ लाख ५० हजार

सुमित झा – ३० हजार

पोखरा पल्टन:

रोहित कुमार पौडेल – २ लाख ५० हजार

बिनोद भण्डारी – २ लाख ५० हजार

ललित नारायण राजवंशी – १ लाख

रशिद खान – ७० हजार

कृष्ण कार्की – १ लाख

कुशल भुर्तेल – १ लाख ५० हजार

बिक्रम भुसाल – ५० हजार

मेहबुब आलम – १ लाख ६० हजार

आशिफ शेख – ८० हजार

दिभ्यान्सु मलिक – ३० हजार

इशान पाण्डे -५० हजार

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ