निर्मला हत्या प्रकरणः छानविन सदस्य वीरेन्द्र केसीमाथि धनगढीमा आक्रमण

निर्मला हत्या प्रकरणः छानविन सदस्य वीरेन्द्र केसीमाथि धनगढीमा आक्रमण

Rajinama-Birendra-Bahadur-Kc-1-1024×831

निर्मला पन्त हत्या प्रकरणको छानबिनका लागि गठित उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीमाथि आक्रमण भएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव समेत रहेका केसी चढेको गाढीमाथि धनगढीमा आक्रमण भएको हो ।

आइतवार काठमाण्डुबाट धनगढी गएका केसीमाथि धनगढीको गेटा विमानस्थलबाट मन्त्रालयमा जाने क्रममा आक्रमण भएको हो ।

एयरपोर्टबाट कार्यालय जान लागेका केसी चढेको बा १ झ ९७०३ नम्बरको गाडीमाथि पछाडिबाट आाक्रमण भएको हो । घटनाका विषयमा प्रहरीले अनुसन्धान थालेको छ । गाडी आक्रमण गर्नेहरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ