मनाङ : भदौ २७ गतेको अभिरल वर्षले अवरुद्ध भएको चामे बेँसीसहर सडक आइतबारबाट संचालन भएको छ। पहिरोको कारण अवरुद्ध भएका सवरीसाधान आजबाट संचालन भएको हाे।
लामो समयसम्म सवारी साधन संचालनमा आएपछि मनाङका स्थानीयमा खुसी छाएको छ। दसैँको मुखमा ढिलै भए पनि बाटो खुलेपछि स्थानीय ब्यापारी सर्वसाधारणको जनजीवन सहज भएको छ। सडक अबरुद्ध हुँदा अन्नपूर्ण पदमार्गमा आउने पदयात्री पर्यटक र स्थानीयहरू मर्कामा परेका थिए। निरन्तरको प्रयासपछि आजबाट यातयातका साधानहरू गन्तब्यतर्फ लागेका छन्।
सडक संचालनमा आएसँगै पर्यटकको पनि चहल-पहल आएको छ। सडक डिभिजन, नेपाली सेना, नेपाल प्रहरीको सहयोगमा सडक संचालन भएको लमजुङका प्रमुख जिल्ला अधिकारी झम्कनाथ ढकालले बताएका छन्। उनका अनुसार सडकको केही ठाउँमा नयाँ ट्रयाक खोलेर यातयात संचालन गरिएको हो।
सम्बन्धित खबर
मनाङमा लेक लागेर एक पर्यटकको मृत्यु
मुस्ताङ र मनाङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो
मनाङमा बेमौसमी हिमपात, फूमा ६ इन्च हिउँ
लेक लागेर मृत्यु हुने पर्यटकको सङ्ख्या बढ्दो
मनाङमा भूकम्पको धक्का
मनाङमा मौलिक घर हराउँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते