कास्की : माछापुच्छ्रे गाउँपालिका–१ टुसेमा शुक्रबार साँझ चङ्गा उडाउने क्रममा एक बालकको ज्यान गएको छ। स्थानीय हिमालय आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत १२ वर्षीय राकेश पुनको विद्युत पोलमा अड्किएको चङ्गा निकाल्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी घाचोकका इन्चार्ज भट्टराम गुरुङले जानकारी दिए।
चङ्गा उडाएर खेलिरहेका बालक पुन चङ्गा विद्युतको पोलमा अड्किएपछि निकाल्नको लागि पोलमा चढेका थिए। पोलमा चढ्ने बित्तिकै उनी नाङ्गो तारमा अड्किएको प्रहरीको भनाइ छ। गुरुङका अनुसार पोखराबाट प्रहरी र विद्युत प्राधिकरणको प्राविधिकसहितको टोली पुगेपछि मात्र बिजुलीको नाङ्गो तारमा अड्किएका बालकलाई बाहिर निकालिएको थियो।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम