कास्कीको माछापुच्छ्रे टुसेमा चंगा झिक्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु

कास्कीको माछापुच्छ्रे टुसेमा चंगा झिक्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु

Rakesh pun

कास्कीको माछापुच्छ्रे गाउपालिका वडा नं १ टुसेमा एक बालकको चंगा उडाउने क्रममा ज्यान गएको छ ।

टुसेका वर्ष १२ को राकेश पुन शुक्रवार साँझ ५ः३० बजेतिर चंगा उडाउने क्रममा बिजुली को नाङ्गो तार मा चंगा अड्किएपछि झिक्न जाने क्रममा करेन्ट लागि घटनास्थलमा नै मृत्यु भएको वडा नं १ का अध्यक्ष विरेन्द्र गुरुङले जानकारी दिए । वालकको शरिर डढेको अवस्थामा विद्युत पोलमा अड्किएको अवस्थामा रहेको उनको भनाई छ ।

अहिले घटनास्थलमा वडा प्रहरी कार्यालय भलाबोट को प्रहरी टोलि र स्थानीय पुगेका छन् । बिजुली को पोल अग्लो भएको कारण झिक्न कठिनाई भएकोले प्राबिधिक सामग्री सहित थप प्रहरी टोलि पोखराबाट घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पिसपोखरा डटकम

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ