तनहुँ । पाल्पा जिल्लाको सस्कृती र सस्कारको रुपमा रहेको ख्याली चुड्का भजन जस्लाइ रोइला भनियो सोही भाकालाई आधार बनाएर नवीन पौडेलले नया गीत बजारमा ल्याएका छन । लुम्बिनी गण्डकीमा अत्यधिक प्रचलनमा रहेका यस्ता भाकाहरु सन्कलन र श्रीजना गर्नु नवीनको पर्याय नै हो । मुसु मुसु हास्यौ मानी छौ र कि सरम, हाइ भनम कि गुड गरम उनको पछिल्लो डान्सिङ नम्बर हो ।
अहिले युट्युबमा निक्कै मन पराइएको यो गीतमा नवीन पौडेल, धर्मराज पोखरेल, अनि देबि घर्तिको स्वर सुन्न सकिन्छ । लय श्रीजना स्वयम् नबिनले गरेका हुन भने शब्द श्रीजना बाबुराम पन्थी र धर्मराज पोखरेल ले गरेका हुन । मन्जुश्री फिल्मसले निर्माण गरेको भिडियो को निर्देशन कुमार केसि ले गरेका हुन । यस गीतमा सुरेन्द्र र आरुसी मगरको बेजोड अभिनय हेर्न सकिन्छ ।
यथार्थपरक समयसम्म गीत श्रीजना गर्नमा नवीन अब्बल मानिन्छन । उनका श्रीजनाहरु समाजमा चेतना जगाउने खालका हुने गर्दछन । यसभन्दा अघि फुलेको तोरिलाइ बैँस आकि छोरिलाइ जोगाउनै गाह्रो, के सम्झनु छर जान्न मत त्यो घर, हरेक जातजाति छौँ नानाथरी, यस्तै हुन्छ भन्नेभा, बुलाकी झुम्काना, श्रीनगर बतासे डाडैमा, ए हजुर सुन्नुभाछर, आजै भेट भाको उदयपुर आको म परेँ पाल्पाको लगायतका धेरै गीत हरु श्रोता दर्सकको मन मस्तिष्कमा बाँस गरिसकेका गीत हरु हुन ।
स्टेज प्रस्तुतिमा दर्सक श्रोताले निक्कै नै रुचाएका नवीनका एक पछि अर्को गीतहरु सफल बन्दै गइरहेका छन । भिडियो बनाइसकेर तयार भएको देउडा गीत केही समय पछि सार्बजनिक गर्ने तरखरमा रहेका नवीन निक्कै ब्यस्त गायकमा पर्छन । भर्खरै युरोपको साङीतिक टुर सकेर फर्किएका नबिनको “मुसु मुसु हास्यौ” बोलको गीतलाइ हाम्रो पनि शुभकामना ।
हेर्नुहोस भिडियो :
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते