यानबहादुरले किन गरे श्रीमतीको हत्या ?

यानबहादुरले किन गरे श्रीमतीको हत्या ?

Shirmayaa

पोखरा ३२ खोलाको छेउमा रहेको सुकुम्बासी बस्तीमा श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान पक्राउ परेका छन् । ५५ बर्षिय यानबहादुर गुरुङले आफ्नै श्रीमति ६० बर्षिया श्रीमाया गुरुङको हत्या गरेका हुन् ।

हत्या गरेपछि शवलाई बोरामा पोको पारेर फालेको स्थानीयले बताएका छन् । ‘मैले बुढीलाई मारें भनेर याने घरबाट निस्किएको हो, स्थानीयले भने ।

यानबहादुर बुधबार राती ढिलो गरी घर फर्किए । रक्सीले टिल परेर घर आएका उनलाई श्रीमतिले किन ढिलो आएको भनेर गाली गरिन् । यानबहादुर झोकिए र ढुंगाले टाउकामा बजाईदिए । घटना राती साढे ९ बजेपछि भएको हो ।

सँधैजसो रक्सी पिएर घर आउने यानबहादुर बुधबार बढी नै मातेका थिए । धेरै बर्षपहिले यानबहादुरले अर्कैकी श्रीमति श्रीमायालाई भगाएर विहे गरेका हुन् । त्यसपछि सुकुम्बासी बस्तीमा श्रीमायाका दाइले टहरो बनाएर राखिदिएका थिए । हत्या गर्नुपर्ने खासै ठूलो कारण नदेखिएको घटनास्थलबाट प्रहरीले जनाएको छ ।

श्रीमतिलाई हत्या गरेपछि उनले छिमेकीलाई खवर छोडेर भागेका थिए । तर दुईघण्टाभित्रै प्रहरीले हत्यारा पक्राउ ग¥यो । ‘घटनास्थल भन्दा अलि पर डिलमनि लुकेर हेरिरहेको थियो । घटनास्थल खोला नजिकै थियो । यानबहादुर अलि पर खोलापारीको डिलमा लुकेको रहेछ, घटनास्थल पुगेका कास्की प्रहरी प्रमुख एसपी ओम रानाले भने–अपराधी टाढा गएको छैन भन्ने हामीलाई सुरुमै थाहा भैसकेको थियो । त्यसैले नजिकै खोज्न थाल्यौं । दुईघण्टा नवित्दै पक्राउ परे ।’

कास्की प्रहरीका असई सन्तोष सुवेदी र संघीय इकाई प्रहरीका असई भद्र पौडेलले हत्यारा पक्राउ गरेका हुन् । विहानैदेखि कास्की प्रहरी प्रमुख एसपी राना सहितको टोलि घटनास्थलमा पुगेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ