पोखरा । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पर्यटन व्यवसायलाई माथि उठाउन व्यवसायीहरुको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।
टे«किङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले आयोजना गरेको नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बस्यालले पोखराबाट अन्तराष्ट्रिय उडान संचालनका लागि व्यवसायीलाई सक्रिय भएर लाग्न आग्रह गरे ।
चीन तर्फ सुरु भएका उडानलाई निरन्तरता दिँदै नजिकका छिमेकी देशहरुमा पनि उडानको पहिचान गरी अन्तराष्ट्रिय उडानमा संचालनका लागि सबै मिलेर पमह गर्नुपर्ने बस्यालले बताए । पर्यटनलाई कसरी माथि उठाउने भन्नेमा आफु चिन्तित रहेको उनले भनाई थियो ।
टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले स्थानीय निकायले विभिन्न शुल्क उठाउदा पर्यटन क्षेत्रमा असर परेको बताए । उनले अन्तराष्ट्रिय विमानस्थल संचालनमा समेत गण्डकी सरकारको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकीका सचिव इन्द्रप्रसाद बस्याल, नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछाने, वडा प्रहरी कार्यालय बैदामका प्रमुख सन्तोष निरौला, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठी, पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेल, होटल संघ पोखराका अध्यक्ष लक्षण सुवेदी, टान गण्डकीका पूर्व अध्यक्ष धर्मराज पन्थी, महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) अध्यक्ष उमा भण्डारी, टान गण्डकीका सचिव गोपालकृष्ण सग्रौला लगायतले पर्यटन क्षेत्रको विकास वारेमा भनाई राखेका थिए ।
सम्बन्धित खबर
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की