तनहुँको कोकल डाडामा बिजुलीको तार विस्तार गर्ने क्रममा चौधरीको मृत्यु

तनहुँको कोकल डाडामा बिजुलीको तार विस्तार गर्ने क्रममा चौधरीको मृत्यु

ee

दमौली । तनहुँको व्यास नगरपालिका वडा नं. ११ कोकल डाडामा विजुलीको लाईन विस्तार गर्ने क्रममा बुधबार तार टाङ्गने रोप चुडिदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं. १६ का २० बर्षिय नरेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

डुम्रे दमौली १३२ केबी प्रशारण लाईनको तार विस्तारको काम गर्ने क्रममा रोप चुडिएर घाइते भएका चौधरीको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds