पोखरा । पोखरा जेसीजको स्वर्णजयन्ती समापन समारोह र गाला डिनर कार्यत्रम शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा पोखरा जेसीजको गौरबमय ५० औँ वर्ष पूरा गरेको अवसरमा सम्पूर्ण पूर्व अध्यक्षबाट सामुहिक रुपमा स्वर्ण जयन्ती विशेष स्मारिका बिमोचन गरिएको थियो ।
कार्यक्रमा वर्ष १९८० का अध्यक्ष हरिकृष्ण बास्तोला, वर्ष २०११ का अध्यक्ष सिनेटर रबिन्द्र गुरुङ र वर्ष १९९१ का अध्यक्ष बसन्त उदासले आफ्नो भनाई राखेका थिए । समापन समारोह संयोजक वर्ष २०१४ का अध्यक्ष सिनेटर तिलकराम पौडेलले गरेका थिए ।
समापन समारोह पछि सेम्पेन सेलिब्रेट गरी औपचारीक रुपमा गाला डिनर सामुहिक रुपमा सेलिब्रेट गरी साङगेतिक कार्यक्रमा सहभागिता सहित गाला डिनर संचालन भएको थियो ।
कार्यक्रममा पोखरा जेसीजका पूर्व अध्यक्षहरू, बोर्ड पदाधिकारी, साधारण सदस्य, अस्थाई सदस्य, छिमेकी शाखाका अध्यक्षहरुको उपस्थितिमा भब्य समारोहका साथ कार्यक्रम भव्य सम्पन्न भएको स्वर्णजयन्ती समारोह संयोजक सिनेटर सुवास सिग्देलले जानकारी गराए ।
कार्यक्रममा पोखरा जेसीजका पूर्व अध्यक्षहरू, बोर्ड पदाधिकारी, साधारण सदस्य, अस्थाई सदस्य, छिमेकी शाखाका अध्यक्षहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
लेकसाईड स्थित होटल पौवामा भएको उक्त कार्यक्रम जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी भाईराज रानामगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य पोखरा जेसीज वर्ष २०१० का अध्यक्ष पशुपाती शर्माले राखेका थिए भने कार्यक्रम सञ्चालन पोखरा जेसीज वर्ष २०२५ का महासचिव जेसी रबिन पौडेलले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला